आइतबार, भदौ २३ गते २०८१    
images
images

राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै, कुन-कुन व्यवस्थामा होला फेरबदल?

images
शुक्रबार, साउन ११ २०८१
images
images
राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै, कुन-कुन व्यवस्थामा होला फेरबदल?

यसले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घट्ने क्रममा रहेको, विदेशी मुद्रा सञ्चिति सहज रहेको, मुद्रास्फीति घटिरहेको र लगानीको वातावरण सहज रहेको सकारात्मक सन्देश प्रवाह गर्न मद्दत पुर्याउने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।

images
images

काठमाडौं- राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्नेगरी तयारी अगाडि बढाएको छ।

images
images
images

राष्ट्र बैंकका कर्मचारीहरूलाई आज ११:४५ बजेभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको सूचना आएको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन्।

आगामी मौद्रिक नीति तर्जुमा गर्नुभन्दा अगाडि गभर्नर महाप्रसाद अधिकारीले बोर्ड बैठक आह्वान गरेका छन्। शुक्रबार ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति पारित गर्ने तयारी रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ। 

राष्ट्र बैंकले नयाँ सरकारको चाहानाअनुसार मौद्रिक नीति तर्जुमा गर्न लागेको छ। नेपालको बाह्य क्षेत्र र मूल्यस्थिति सहज रहेकाले राष्ट्र बैंकले ब्याजदर कोरिडोरको सीमाहरूमा सामान्य हेरफेरको तयारी गरेको छ। 

images

चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीतिको लक्ष्य ५.५ प्रतिशत राखेको र अन्तर्राष्ट्रिय बजारमा समेत मूल्यबृद्धि घट्ने क्रममा रहेकाले बजारलाई सन्देश दिनका लागि ब्याजदर कोरिडोरअन्तर्गतका बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर करिब १ प्रतिशत बिन्दु हाराहारीमा घटाउने तयारी रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ। हाल नीतिगत दर ५.५ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशत र बैंकदर ७ प्रतिशत रहेको छ। 

नीतिगत दरको कार्यान्वयनको अवस्था प्रभावकारी नभएपनि शिथिल अर्थतन्त्र चलायमान बनाउने सन्देश दिन यसले सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकका अधिकारीहरूले लिएका छन्।

यसले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घट्ने क्रममा रहेको, विदेशी मुद्रा सञ्चिति सहज रहेको, मुद्रास्फीति घटिरहेको र लगानीको वातावरण सहज रहेको सकारात्मक सन्देश प्रवाह गर्न मद्दत पुर्‍याउने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। 

कुल गार्हस्थ्य उत्पादनको वास्तविक बृद्धिदर र मुद्रास्फीतिका आधारमा कर्जा विस्तारको लक्ष्य तय गर्ने राष्ट्र बैंकको तयारी छ। 

बैंकिङ प्रणालीमा अधिक तरलता र ब्याजदर घट्दो क्रममा रहेकाले राष्ट्र बैंकले करिब ७ खर्ब अर्थात ११.५ प्रतिशतको हाराहारीमा कर्जा विस्तारको लक्ष्य राख्दा उपयुक्त हुने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। 

यस्तै सेयर बजार र घरजग्गाको कारोबार सहजीकरण गरेर अगाडि बढ्ने सोचमा सरकार रहेकाले विगतमा सेयर बजार र घरजग्गामा गरिएको कडाइमा अब राष्ट्र बैंक लचक बन्ने देखिएको छ। 

सेयर कर्जामा कायम रहेको १५ करोड र २० करोडको सीमा हटाएर कुल कर्जाको २ देखि ३ प्रतिशतसम्म कर्जा प्रवाहको सीमा तोक्ने तयारीमा राष्ट्र बैंक देखिन्छ। 

यस्तै घरजग्गाको हालको लोन टु भ्यालु रेसियोलाई केही मात्रामा बढाउने र रियलस्टेट कर्जाको जोखिमभार आवसीय कर्जाबाहेक १०० प्रतिशतमा कायम गर्ने तयारी रहेको बताइएको छ। 

यस्तै निर्माण व्यवसायी, सिमेन्ट उत्पादन र लघु, घरेलु, साना र मझौला उद्योगी व्यवसायीलाई २०८२ असार मसान्तसम्म कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना सुविधा दिने तयारीमा राष्ट्र बैंक देखिन्छ।

विगत दुई वर्षयता कर्जा प्रवाह घटेकाले काउन्टरसाइक्लिकल बफर कार्यान्वयनमा ल्याउने निष्कर्षमा राष्ट्र बैंक पुगेको छ। काउन्टरसाइक्लिकल बफर कार्यान्वयनमा आएपनि कर्जा प्रवाह घटेकाले ०.५ प्रतिशतले पुँजी थप्नुपर्ने आवश्यता नरहने राष्ट्र बैंकका अधिकारीहरूको दाबी छ। 

यस्तै विगतमा लगाइएको हायरपर्चेज कर्जा, आयात कर्जा, ओभरड्राफ्ट कर्जा, सेयर कर्जा र रियल स्टेट कर्जाको जोखिमभार २०७८ पुस अगाडिको स्थितिमा पुर्‍याउने मनस्थितिमा राष्ट्र बैंक देखिन्छ। 

अर्थतन्त्र चलायमान बनाएर बैंकहरुको खराब कर्जा र पुँजीकोषको समस्या समाधान गर्ने पक्षमा राष्ट्र बैंक देखिन्छ। लचिलो वा कसिलो मौद्रिक नीति तर्जुमा गर्नेभन्दा पनि २०७८ पुसभन्दा अगाडिको अवस्थामा पुर्‍याउने तयारी रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ।


प्रकाशित : शुक्रबार, साउन ११ २०८१०६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend