आइतबार, भदौ २३ गते २०८१    
images
images

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुमगन

images
बिहीबार , साउन १० २०८१
images
images
नागढुंगा-सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुमगन

नागढुंगा सुरुङमार्ग आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण भइरहेको छ। हाल यसको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ।

images
images

काठमाडौं- मुलुककै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला’ को भौतिक निर्माणबारेमा संघीय संसद्को भौतिक पूर्वाधार विकास समितिले आज स्थलगत अनुमगन गरेको छ। 

images
images
images

सडक पूर्वाधारका रूपमा पहिलो पटक निर्माणको बारेमा प्रत्यक्ष जानकारी लिने लक्ष्यका साथ समितिले स्थलगत अनुमगन गरी जानकारी लिएको हो। नागढुंगा नौबिसे सुरुङमार्ग आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण भइरहेको छ। हाल सो सुरुङमार्गको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ। 

स्थलगत अनुमगनमा संलग्न सांसद माधव सापकोटाका अनुसार हालसम्मको निर्माण कार्य सन्तोषजनक छ। निर्माणको अन्तिम चरणमा पुगेको भए पनि स्थानीयवासीको समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ।

मुआब्जा वितरण, चर्किएको जमिन एवं खानेपानीको समस्या समाधान गर्नुपर्नेमा स्थानीयवासीले संसदीय समितिसमक्ष माग राखेका थिए। आयोजनामा पर्ने जग्गाको केही कित्ताको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) निर्माणलगायत केही चुनौती बाँकी छन्।

images

हालसम्मको निर्माण गुणस्तरीय रहेको जानकारी दिँदै सांसद सापकोटाले सुरुङ सञ्चालन पूर्वको तयारीमा केही ध्यान दिनुपर्ने आवश्यकता देखिएको बताए। सुरुङ सञ्चालनका लागि झन्डै एक सय जना कर्मचारी आवश्यक पर्ने देखिन्छ। त्यस्तै अविच्छिन्न विद्युत् उपलब्ध गराउनुपर्नेछ। त्यसका लागि आवश्यक संरचना निर्माण गर्नुपर्नेछ। 

गत बैशाख ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त सुरुङमार्ग ब्रेकथ्रु गरेका थिए। सुरुङमार्गको दुरी दुई हजार छ सय ८८ मिटर रहेको छ।

संसदीय समितिले नागढुंगादेखि गल्छीसम्म निर्माणाधीन पृथ्वीराजमार्गको स्थलगत अनुमगन गर्ने सांसद सापकोटाले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , साउन १० २०८११८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend