बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

जमुनाह नाका हुँदै भारतबाट भित्रियो एक अर्बको आलु

images
बिहीबार , साउन १० २०८१
images
जमुनाह नाका हुँदै भारतबाट भित्रियो एक अर्बको आलु

अघिल्लो आवको तुलनामा गत आवमा १३ करोड राजस्व वृद्धि भएको छ।

images
images

बाँके- बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाख रूपैयाँको आलु आयात गरिएको छ। सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो।

images
images
images

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा १८ करोड रूपैयाँको आलु बढी आयात गरिएको हो। आर्थिक वर्ष २०७९/८० मा ९३ करोड ६० लाख ६९ हजार रूपैयाँ बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो।

images
images

आलु आयातबाट आव २०७९/८० मा रु १४ करोड ७७ लाख २२ हजार तथा गत आव २०८०/८१ मा २७ करोड २२ लाख ४४ हजार रूपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए।

images
images

अघिल्लो आवको तुलनामा गत आवमा १३ करोड राजस्व वृद्धि भएको छ।

पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताए। उनका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन। रासस


प्रकाशित : बिहीबार , साउन १० २०८११६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend