काठमाडौं- सरकारले अहिले कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो।
२०७७ साल कात्तिक २७ गते सचिव नियुक्त भएकी गड्तौला वैकुण्ठ अर्याल निलम्बनमा परेपछि कामु मुख्यसचिव भएकी थिइन्।
भदौ १४ गते उमेरहदका कारणले अवकाशमा जाने गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव भएकी छन्।
यसका साथै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक शिवराज अधिकारीलाई नियुक्त गरेको छ।