बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

कैलाली भन्सारद्वारा सात अर्ब राजस्व संकलन

images
बिहीबार , साउन १० २०८१
images
कैलाली भन्सारद्वारा सात अर्ब राजस्व संकलन

भन्सार कार्यालयलाई गत आवमा एघार अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य दिइएको थियो।

images
images

गोदावरी- कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा  सात अर्ब ९१ करोड ८० लाख रूपैयाँ राजस्व संकलन गरेको छ। भन्सार कार्यालयलाई गत आवमा एघार अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य दिइएको थियो।

images
images
images

भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिएको हो।

images
images

आव  २०८०/८१ मा भन्सार महसुलबापत तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत तीन अर्ब १७ करोड, अन्तः शुल्कबापत २० करोड ४४ लाख र अन्य शुल्कबापत एक अर्ब ५२ करोड रूपैयाँ राजस्व संकलन भएको उनले बताए।

images
images

भन्सार कार्यालयले आव २०८०/८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। भन्सार कार्यालयको तथ्यांक अनुसार आव २०७९/८० मा आठ अर्ब २९ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो।

आव २०७८/७९ मा नौ अर्ब ५८ करोड राजस्व असुली भएकामा आव २०७७/७८ मा आठ अर्ब ८४ करोड संकलन भएको थियो।

यसैगरी, आव २०७६/७७ मा कोभिड-१९ महामारीका कारण चार अर्ब ९२ करोड रूपैयाँमात्रै राजस्व संकलन भएको थियो भने आव २०७५/७६ मा पाँच अर्ब १९ करोड रूपैयाँ संकलन गरेको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन १० २०८११५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend