बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

बरामद सवारीसाधनमा १५ दिनभित्र हकदाबी पेस गर्न राजस्व अनुसन्धान विभागको आग्रह

images
बिहीबार , साउन १० २०८१
images
बरामद सवारीसाधनमा १५ दिनभित्र हकदाबी पेस गर्न राजस्व अनुसन्धान विभागको आग्रह

विभागले हकदाबी पेस गर्न आग्रह गरेका सबै सवारीसाधन काठमाडौंबाट बरामद गरिएको बताइएको छ।

images
images

काठमाडौं- राजस्व अनुसन्धान विभागले बरामद गरिएका विभिन्न सवारी साधनउपर आफ्नो हकदाबी पेस गर्न आग्रह गरेको छ। 

images
images
images

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा लेखिआएबमोजिम शंकास्पदरुपमा चलिरहेका भन्ने सूचनाका आधारमा फेलापारी बरामद गरिएका सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।

images
images

उनले भने, 'विभागमा दाखिला हुन आएका बरामद सवारीसाधन कोही कसैको भएमा प्रमाण पुग्ने कागजातसहित १५ दिनभित्र दाबी पेस गर्न आज एक सूचनामार्फत आग्रह गरिएको छ, तोकिएको समयमा हकदाबी नपरे ती सवारीसाधन नेपाल सरकारको मातहतमा जानेछन्।' 

images
images

विभागले हकदाबी पेस गर्न आग्रह गरेका सवारीसाधनमा लु २८ प ८३४५ नम्बरको बुलेट मोटरसाइकल, को ३६ प ४४४९ र लु ७१ प २०३३ नम्बरका क्लासिक मोटरसाइकल, को ३६ प ९७०१ र बा प्र ०२-०३६ प ४४०५ नम्बरका पल्सर मोटरसाइकल तथा बा ८ च १६११ नम्बरको बागनर कार रहेको सूचना अधिकारी अधिकारीले बताए।

विभागले हकदाबी पेस गर्न आग्रह गरेका सबै सवारीसाधन काठमाडौंबाट बरामद गरिएको बताइएको छ। रासस


प्रकाशित : बिहीबार , साउन १० २०८११४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend