शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

जापानको जनसंख्या लगातार १५ औँ वर्षमा पनि घट्यो, आप्रवासीको हिस्सा ३ प्रतिशत पुग्यो

images
बिहीबार , साउन १० २०८१
images
images
जापानको जनसंख्या लगातार १५ औँ वर्षमा पनि घट्यो, आप्रवासीको हिस्सा ३ प्रतिशत पुग्यो

संसारभरबाट जापानले दक्ष कामदारका रुपमा पनि आप्रवासी लिइरहेको छ। त्यस्तै अध्ययनका लागि पनि विदेशीहरू ठूलो संख्यामा जाने गरेका छन्।

images
images

काठमाडौं- जापानको जनसंख्या पछिल्लो १५ वर्षदेखि लगातार घटिरहेको छ। सन् २०२३ मा पनि जापानको जसंख्यामा गिरावट आएको छ। न्यून जन्मदरले निरन्तरता पाउँदा जनसंख्यामा खाडल बढ्दै गएको छ। सन् २०२३ मा पाँच लाखभन्दा बढीले जनसंख्यामा गिरावट आएको छ। 

images
images
images

सन् २०२३ मा जापानमा हालसम्मै न्यून बच्चा जन्मिएका थिए। सरकारले निकालेको तथ्यांक अनुसार सन् २०२३ मा ७ लाख ३० हजार जन्म भएको थियो। जुन वर्ष सबैभन्दा न्यून जन्म भएको थियो त्यही वर्ष उच्च मृत्यु भएको थियो। अर्थात् १५ लाख ८० हजारको मृत्यु भएको थियो।

सन् २०२३ को अन्त्यसम्म जापानको कूल जनसंख्या १२ करोड ४९ लाख रहेको थियो। 

images

जापानको आन्तरिक मामिला मन्त्रालयले बुधबार जारी गरेको तथ्याङ्कअनुसार जापानको जनसांख्यिक असन्तुलनमा आप्रवासीहरूले भरथेग गरिरहेका छन्। एकातिर आन्तरिक जनसंख्यामा उच्च गिरावट जारी रहँदा अर्कोतिर आप्रवासीको संख्यामा उच्च वृद्धि देखिएको छ। सन् २०२३ मा ११ प्रतिशतले आप्रवासी वृद्धि भएको थियो। 

images

जापानमा कूल जनसंख्याको ३ प्रतिशत आप्रवासी पुगेका छन्। यी सबै सक्रिय उमेर समूहका रहेका छन्। संसारभरबाट जापानले दक्ष कामदारका रुपमा पनि आप्रवासी लिइरहेको छ। त्यस्तै अध्ययनका लागि पनि विदेशीहरू ठूलो संख्यामा जाने गरेका छन्। 

जनसांख्यिक संकट बढ्न थालेपछि जापान सरकारले दम्पत्तिहरूलाई सन्तान प्राप्तिका लागि प्रोत्साहन कार्यक्रम नै ल्याएको छ।  २०२४ को बजेटमामात्र कामकाजी आमाहरूको सहायताका लागि ठूलो बजेट विनियोजन गरिएको छ। त्यस्तै शिक्षा तथा बाल स्याहारका लागि पनि बजेट विनियोजन गरिएको छ। 

यसका बाबजुद पनि जापानीहरूमा सन्तान प्राप्तिमा रुची बढ्न सकेको छैन। 

जनसांख्यिक संकट बढ्दै गएमा जापानमा आप्रवासनका लागि आकर्षक गन्तव्य हुनसक्ने धेरैले अनुमान गरेका छन्। पछिल्लो समय केही मुलुकले घरेलु जनसांख्यिक असन्तुलन पूर्तिका लागि आप्रवासन गराउने नीति लिएका छन्। 


प्रकाशित : बिहीबार , साउन १० २०८११२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend