आइतबार, भदौ २३ गते २०८१    
images
images

पृथ्वीराजमार्ग क्षेत्रमा प्रसारण लाइन विस्तारको काम तीव्र

images
बिहीबार , साउन १० २०८१
images
images
पृथ्वीराजमार्ग क्षेत्रमा प्रसारण लाइन विस्तारको काम तीव्र

नयाँ खम्बा राख्ने तथा प्रसारण लाइन सुधारअन्तर्गत ९६ करोड रूपैयाँ लागतमा खम्बा सार्ने काम भइरहेको छ।

images
images

तनहुँ- नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा प्रसारण लाइन सुधारको कामलाई तीव्रता दिएको छ। यसल गर्दा  मुग्लिन-पोखरा सडकखण्डको विस्तारको कामलाई सहज बनाएको छ।

images
images
images

सडक विस्तारको मुख्य बाधकका रुपमा रहेको बिजुलीको खम्बा सार्ने कामले गति लिएपछि सहज भएको पृथ्वी राजमार्ग, विस्तार पश्चिम खण्डका आयोजना प्रमुख प्रमुख इञ्जिनियर राजेश पौडेलले जानकारी दिए। प्राधिकरणले विद्युत्का खम्बा धमाधम हटाउन थालेपछि विस्तारको काम गर्न थप सहज भएको उनले बताए।

सडकखण्डअन्तर्गतका संरचना हटाउने क्रममा तनहुँ वितरण केन्द्रले आफ्नो क्षेत्रका बिजुलीका पोल धमाधम हटाएर नयाँ राख्ने काम गरिरहेको आयोजना प्रमुख पौडेलले बताए। पहिला सुस्तगतिमा खम्बा स्थानान्तरण हुँदा प्रभावित भएकामा हाल तीव्र रुपमा काम हुँदा तनहुँ क्षेत्रमा काम गर्न सहज भएको उनले बताए।

पुरानो खम्बा हटाएर नयाँ संरचना बनाउने काम हालसम्म ६५ प्रतिशत सकिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीले जानकारी दिए। सदरमुकाम दमौलीमा सडक सीमाभित्रका संरचना हटाउन प्रभावितका कारण ढिलाइ भएको उनले बताए।

images

उनका अनुसार नयाँ खम्बा राख्ने तथा प्रसारण लाइन सुधारअन्तर्गत ९६ करोड रूपैयाँ लागतमा खम्बा सार्ने काम भइरहेको छ। ५२ करोड रूपैयाँ सडक विस्तार आयोजनाको र बाँकी रकम प्राधिकरणको लागतमा काम भइरहेको उनले बताए। उनका अनुसार पहिला ११ मिटर अग्लो खम्बा भएकामा हाल १३ मिटर अग्लो खम्बा राखिएको छ।

तनहुँ वितरणअन्तर्गतको दुई खण्डमा विभाजन गरी काम भइरहेको छ। आँबुखैरेनीदेखि गुणादीसम्म झन्कार जेभीले र थर्पुदेखि मनहरीसम्म विडारी कन्ट्रक्सनले काम गरिहेको छ। एसियाली विकास बैंकको आर्थिक सहयोगमा मुग्लिन-पोखरा सडक सुधार तथा विस्तार आयोजनाअन्तर्गत नेपालका दुई ठूला सहर-काठमाडौं र पोखरा जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तिमा चार लेनको बनाउने  भइरहेको छ।

विसं २०२६ मा रेखांकन गरिएको यस सडकमा सवारीसाधनको चाप बढेसँगै एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको छ।

सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर गरी ५० हुनेछ भने सहरी क्षेत्रका बाक्लो बस्ती भएका स्थानमा दुईतर्फी २३-२३ मिटरगरी ४६ मिटर चौडाइको सडक बन्नेछ।

सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४६ मिटरको सडक निर्माण हुनेछ। दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ।  सडकलाई विस्तारगरी सहरी क्षेत्रमा सर्भिसलेनसहित चार लेन र अन्यत्र चार लेनमा विस्तार गरिने सम्झौतामा उल्लेख छ। रासस


प्रकाशित : बिहीबार , साउन १० २०८१११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend