बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

पूर्वीनाकाबाट ८ करोडको जडीबुटी निर्यात

images
बिहीबार , साउन १० २०८१
images
पूर्वीनाकाबाट ८ करोडको जडीबुटी निर्यात

उक्त आवमा चार करोड ८० लाख ६० हजार रूपैयाँ बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ।

images
images

झापा- पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा ८ करोड १० लाख १४ हजार रूपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ।

images
images
images

काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो।  

images
images

उक्त आवमा चार करोड ८० लाख ६० हजार रूपैयाँ बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ।

images
images

ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ।

यसैगरी, सोही अवधिमा एक करोड ६५ लाख २० हजारको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजारको एक सय ५१ मेट्रिक टन रिठ्ठा, ११ लाख ३४ हजारको ११ मेट्रिक टन अमला, १२ लाख मूल्य बराबरको २४ मेट्रिक टन चुत्रो निर्यात भएको छ। रासस


प्रकाशित : बिहीबार , साउन १० २०८११०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend