आइतबार, भदौ २३ गते २०८१    
images
images

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुंगा लागेर एक मजदूरको मृत्यु, एक घाइते

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १० २०८१
images
images
द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुंगा लागेर एक मजदूरको मृत्यु, एक घाइते

घाइतेको हेटौँडा-११ मा रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिएका छन्।

images
images

हेटौँडा- मकवानपुरको बकैयामा काठमाडौं-निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुंगा लागेर एक मजदूरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

images
images
images

बुधबार दिउँसो मकवानपुरको बकैया-१२ स्थित चालिसेडाँडामा काम गर्ने क्रममा ढुंगा लागेर बारा निजगढका अन्दाजी २७ वर्षका विमल थिङको ज्यान गएको र उनीसँगै काम गर्ने तनहुँका अन्दाजी २८ वर्षका राजु विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

थिङको घटनास्थलमै ज्यान गएको थियो। गम्भीर घाइते विकको हेटौँडा-११ मा रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए। रासस 


प्रकाशित : बिहीबार , साउन १० २०८११०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend