तनहुँ- स्रोत नखुलेको १२ लाख रुपैयाँ नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन्। तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो।
उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका-५ पासाबाङ घर भइ हाल काठमाडौं चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो।
काठमाडौंबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शंका लागेर जाँच गर्दा उक्त नगद बरामद भएको प्रहरीले जनाएको छ। रासस