शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

लगातार बढिरहेको सेयर बजारमा उत्साह, 'दुई सातामा थाहा हुन्छ उकालो जान्छ कि स्थिर'

images
सोमबार, पुस १९ २०७८
images
लगातार बढिरहेको सेयर बजारमा उत्साह, 'दुई सातामा थाहा हुन्छ उकालो जान्छ कि स्थिर'
images
images

काठमाडौं- यो साताको सेयर बजारमा कारोबारमा दुई दिन नै सुधार देखिएको छ। आइतबार ६०‍.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२.०३ अंकले बढेर २६१६.९४ मा पुगेको छ। जसले दुई दिनमा बजारमा ९२.४४ अंकको सुधार देखिएको हो। 

images
images
images

गएको साता ४ अंकले मात्रै बढेको बजारमा यो साताको दुई दिनको कारोबारले राम्रो संकेत गरेको छ। सोमबार ४ अर्ब ५३ करोड रूपैयाँको कारोबार भएको छ। सोमबार १४९ कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको मूल्य घटेको छ। 

images
images

तरलता अभावको विषयमा हुने सम्बोधनको पर्खाइ र बैंकको ब्याजदर स्थिर रहन्छ कि बढ्छ भन्ने जस्ता विषयले अहिले नै बजारको विषयमा विश्लेषण गर्न भने नसकिने विश्लेषक अम्बिका प्रसाद पौडेल बताउँछन्।

images
images

'सबै ठूला राजनीतिक दलको महाधिवेशन सकिएर नयाँ नेतृत्व पनि आएको छ। उनीहरूले बजारको विषयमा लिने रणनीतिले पनि बजारमा केही प्रभाव अवश्य पर्ने हुन्छ। यो सबै हेर्दा अबको बाटो के हुने भन्नका लागि पनि एक/दुई साता कुर्नुपर्ने अवस्था छ' उनले भने। 

केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेर अहिले सुधार देखिन थालेकाले अब विस्तारै बढ्ने दाबी गर्छन्। उनीहरूले बजार बेयरिसमा नगएकोले पुनः माघ लागेपछि बजारले गति लिनेसमेत बताएका छन्। 


प्रकाशित : सोमबार, पुस १९ २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend