आइतबार, भदौ २३ गते २०८१    
images
images

विद्युतीय सवारी विस्तारमा आक्रामक एमजी इन्डियाको नयाँ कार सार्वजनिक गर्ने वृहत योजना

images
बिहीबार , साउन १० २०८१
images
images
विद्युतीय सवारी विस्तारमा आक्रामक एमजी इन्डियाको नयाँ कार सार्वजनिक गर्ने वृहत योजना

सवारी उत्पादन तथा बिक्रीमा रणनीतिक विस्तारको योजना अघिसारेको एमजीले विद्युतीय सवारीका साथै मास मार्केट सवारी र प्रिमियम दुवैलाई सँगसँगै अघि बढाउने बताएको छ।

images
images

काठमाडौं- बेलायती कार ब्रान्ड एमजी (मोरिस ग्यारेज)ले भारतीय बजारमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउँदै जाने घोषणा गरेको छ। उक्त योजनामा विद्युतीय सवारी मोडल विस्तारलाई पनि उच्च प्राथमिकता दिइने कम्पनीले जनाएको छ। 

images
images
images

हाल एमजी मोटरको स्वामित्व चिनियाँ कम्पनी एसएआईसीसँग रहेको छ। एमजी मोटर इन्डियाले भने केही महिनाअघि भारतीय व्यवसायिक समूह जेएसडब्लूसँग साझेदारी गरेको थियो। एमजी मोटर इन्डिया र जेएसडब्लूबीचको साझेदारीपछि नयाँ मोडल सार्वजनिक गर्न कम्पनी आक्रामक देखिएको छ। 

सवारी उत्पादन तथा बिक्रीमा रणनीतिक विस्तारको योजना अघि सारेको एमजीले विद्युतीय सवारीका साथै मास मार्केट सवारी र प्रिमियम दुवैलाई सँगसँगै अघि बढाउने बताएको छ।

२०२५ सम्ममा एमजी इन्डियाले भारतीय बजारमा पाँच वटा नयाँ मोडलका सवारी बिक्रीका लागि ल्याइसक्ने बताएको छ। एमजी मोटर इन्डिया र जेएसडब्लूबीचको संयुक्त उपक्रमपछि आफूहरु इनोभेसन र उत्पादन विविधतामा प्रतिबद्ध रहेको एमजी मोटर इन्डियाका राजीव चावाले बताएका छन्।

images

आगामी दिनमा एमजीले सार्वजनिक गर्ने नयाँ कारहरु विद्युतीय र हाइब्रिड धेरै हुनेछन्। एमजीको क्लाउड ईभी आउने छ जुन विद्युतीय एमपीभी हुनेछ। विद्युतीय प्लेटफर्ममा बन्ने यो गाडी आगामी चार्डपर्वको समयमा सार्वजनिक हुने अनुमान गरिएको छ। यो एमपीभी ईभी अत्याधुनिक विशेषता र नवीनतम प्रविधियुक्त हुने कम्पनीले जनाएको छ।

एमजीले भारतमा क्लाउड ईभीपछि ह्याचब्याक सेगमेन्टको बिङगो ईभी सार्वजनिक गर्ने योजना बनाएको छ। यो ईभी ग्लोबल स्मल इलेक्ट्रिक भेहिकल(जीएसईभी) प्लेटफर्ममा उत्पादन हुनेछ। बिङगो ईभीले एक पटकको फुल चार्जमा ३ सय ३३ किलोमिटर रेन्ज दिनेछ। 

नेपालमा भने विलिङ ब्रान्ड नेममा बिङगो ईभी दु्ई महिनाअघि नै सार्वजनिक भएर बिक्री भइरहेको छ। बिङगो ईभी पारामाउन्ट मोटर्सले नेपाली बजारमा ल्याएको छ। ह्याचब्याक सेगमेन्टको यो विद्युतीय कार धेरै उपभोक्ताको रोजाइमा पर्दै गइरहेको छ। 

त्यस्तै एमजी इन्डियाले डी सेगमेन्टको अर्को एसयूभी पनि सार्वजनिक गर्ने बताएको छ। यो एसयूभी विलिङ स्टारलाइट एसमा आधारित हुनेछ। यो एसयूभीलाई एमजीले ग्लोस्टर फेसलिफ्टका रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ। 

भारतमा उल्लेख्य रुपमा बढिरहेको प्रिमियम कारको सेगमेन्टमा पनि एमजीले आफूलाई दरिलो रुपमा उभ्याउने तयारी गरेको छ। भारतमा एमजीले प्रिमियम सवारीका लागि छुट्टै आउटलेट स्थापना गर्ने तयारी गरेको छ। 

एमजीले भारतीय बजारमा पनि एमजी साइबरस्टार सार्वजनिक गर्ने योजना बनाएको छ। एमजी साइबरस्टार टु डोर विद्युतीय स्पोर्टस कार हो। यो विद्युतीय स्मोटर्स कारले एमजीको कटिङ-एज अटोमोटिभ टेक्नोलोजी एन्ड पर्फमेन्स प्रतिको प्रतिबद्धतालाई देखाएको दाबी कम्पनीको छ। 

भारतमा विद्युतीय सवारी उत्पादनलाई सबैजसो कम्पनीले प्राथमिकतामा राखेका छन्। सरकारले पनि विद्युतीय सवारी उत्पादनमा विभिन्न चरणमा सहुलियत दिएकाले सबै उत्पादकको ध्यान त्यतैतर्फ खिचिएको हो। 

नेपाली बजारमा त भारतमाभन्दा कयौँ गुणा धेरै विद्युतीय सवारीको बिक्री बढेको छ। सरकारले विद्युतीय सवारी आयातमा कर सहुलियत दिएकाले विद्युतीय सवारीको प्रयोग तथा आयात उल्लेख्य रुपमा बढेको हो।

एमजीले सबैभन्दान पहिले विद्युतीय एसयूभी एमजी जेडएस ईभी नेपाली बजारमा बिक्री गरेको हो। एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले अहिले पनि जेडएस ईभी बिक्री गरिरहेको छ र यो धेरैको रोजाइमा रहेको विद्युतीय एसयूभी हो। हाल नेपाली बजारमा जेडएस ईभीसहित एमजीका कोमेट र एमजी फोर ईभी बिक्री भइरहेका छन्। 

यसैगरी पारामाउन्ट मोटर्सले नाडा अटो शो २०२४ मा एमजी साइबर स्टार विद्युतीय स्पोर्टस कार सार्वजनिक गर्ने तयारी गरेको छ। यो विद्युतीय एसयूभी निक्क आकर्षक र उच्च प्रविधियुक्त रहेको छ। 


प्रकाशित : बिहीबार , साउन १० २०८११०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend