शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

ट्राफिक कारबाहीबाट १७ करोड राजस्व संकलन

images
बुधबार, साउन ९ २०८१
images
images
ट्राफिक कारबाहीबाट १७ करोड राजस्व संकलन
फाइल तस्बिर

आव २०७९/८० मा दुई लाख ६९ हजार सवारी चालक कारबाहीमा पर्दा १८ करोड एक लाख ५९ राजस्व संकलन भएको थियो।

images
images

विराटनगर- कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कुल १७ करोड ३१ लाख १५ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

images
images
images

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ट्राफिक प्रहरीले ८० दशमलव ५५ प्रतिशत प्रगति हासिल गरी दुई लाख ५५ हजार नौ सय १२ वटा सवारी चालकलाई कारबाही गरेको थियो।

उक्त आवमा तीन हजार पाँच सय ६३ वटा दुर्घटना हुँदा तीन सय ९७ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परी छ हजार ७६ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।

images

उनका अनुसार आव २०७९/८० मा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारबाहीमा परेका थिए। उक्त कारबाहीबाट १८ करोड एक लाख ५९ राजस्व संकलन भएको थियो।

images

सो अवधिमा तीन हजार आठ सय २० सवारी दुर्घटना हुँदा पाँच सय ३१ जनाको ज्यान गएको थियो। छ हजार छ सय ४८ जना घाइते भएका थिए। रासस


प्रकाशित : बुधबार, साउन ९ २०८११५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend