आइतबार, भदौ २३ गते २०८१    
images
images

स्रोत नखुलेको ११ लाख नगदसहित दुईजना पक्राउ

images
बुधबार, साउन ९ २०८१
images
images
स्रोत नखुलेको ११ लाख नगदसहित दुईजना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका बस्ने रोल्पाका लक्ष्मण केसी र सुसान केसीलाई प्रहरीले पक्राउ गरेको हो।

images
images

तनहुँ- स्रोत नखुलेको ११ लाखभन्दा बढी नगदसहित दुईजना पक्राउ परेका छन्।

images
images
images

व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट स्रोत नखुलेको नगद ११ लाख ६५ हजार रूपैयाँसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका-५ पासाबाङ घर भइ हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.५७ प ७५०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो। 

images

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : बुधबार, साउन ९ २०८११५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend