आइतबार, भदौ २३ गते २०८१    
images
images

गुल्मीमा थालियो गँड्यौली मलको व्यावसायिक उत्पादन

images
बुधबार, साउन ९ २०८१
images
images
गुल्मीमा थालियो गँड्यौली मलको व्यावसायिक उत्पादन

कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लाको इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्रांगारिक खेतीका लागि उक्त मलको उत्पादन सुरु गरिएको हो।

images
images

गुल्मी- यहाँ व्यावसायिक रुपमा गँड्यौली मलको उत्पादन सुरु गरिएको छ। कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लाको इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्रांगारिक खेतीका लागि उक्त मलको उत्पादन सुरु गरिएको हो। 

images
images
images

यस मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउने र बाली बिरुवाको वृद्धि विकास पनि चाँडो हुने तथा अरू मलभन्दा यो मलको गुणस्तर पनि राम्रो भएका कारण जिल्लामा गँड्यौली मल उत्पादन गर्न लागिएको हो।

धुर्कोट जैविक कृषि तथा गँड्यौला मल उत्पादन फार्मले इस्मा र धुर्कोट गाउँपालिकाको संगम स्थानअन्तर्गत हुलाकेस्थित सप्लिङमा यसको उत्पादन सुरु भएको छ।

गाईभैँसीको मललाई गँड्यौलामार्फत प्रशोधन गरी यहाँका किसानहरु गँड्यौली मल उत्पादनमा लागेका हुन्। गाईभैँसीको मल र घरेलु फोहर वस्तुहरुबाट यो मल बनाइने हुँदा यसले वातावरणलाई पनि स्वच्छ राख्न मद्दत पुर्‍याउँछ।

images

आजभोलि खेतबारीमा धेरैजसो रासायनिक मलको प्रयोग गर्ने क्रम बढ्दै गएको र त्यसबाट क्षणिक रुपमा उत्पादन तथा उत्पादकत्व वृद्धि गरे पनि दीर्घकालीन रुपमा त्यो मानव स्वास्थ्य र माटोमा समेत ठूलो असर पर्ने बताइएको छ।

गँड्यौली मलले बालीनालीको उत्पादनमा वृद्धि हुने, माटोको उर्वरतालाई बचाइराख्ने र उत्पादित वस्तुहरु शुद्ध जैविक हुने धुर्कोट अर्गानिक कृषि तथा गँड्यौला मल उत्पादन फार्मका सञ्चालक खिमानन्द भण्डारीले बताए। फार्मबाट उत्पादित गँड्यौली मलको मूल्य हाल ३० रूपैयाँ प्रतिकिलो रहेको छ। किसान मल किन्नका लागि फार्ममै पुग्ने गर्दछन्। गँड्यौली मलको माग बढ्दै गएका कारण यतिबेला गाउँघरमा पर्याप्त मात्रामा मल पुर्‍याउन धौधौ परेको फार्म सञ्चालक भण्डारीले बताए।

'गँडयौली मलले दिने उत्पादन र रासायनिक मलले दिने उत्पादन बराबर छ, यसको फाइदा भनेको माटोलाई स्वस्थकर राखी माटोको उर्बरा शक्तिमा वृद्धि गरी उत्पादित वस्तुहरु पनि जैविक खान पाइन्छ', उनले भने।

गँड्यौली मल बनाउँदा सुरुमा गाईभैँसीको गोबर प्रयोग गर्ने, गोबरलाई ब्याड बनाएर राख्ने, त्यही बनाएको ब्याडमा गँड्यौला राख्ने र माथिबाट बाक्लो जुटको बोराले छोपिदिने गरिन्छ। यसरी छोपेको केही दिनपछि बुरबुर किसिमको गँड्यौली मल तयार हुन्छ।

माटो व्यवस्थापन कार्यक्रमअन्तर्गत जिल्लामा भर्मी उद्योग कार्यक्रम सञ्चालन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख प्रमुख नवराज भण्डारीले जानकारी दिए। ज्ञान केन्द्रको पाँच लाख र फार्मका तर्फबाट ७३ हजार गरि पाँच लाख ७३ हजार रूपैयाँ लागतमा उक्त कार्यक्रम सञ्चालनमा आएको बताइएको छ। माटो व्यवस्थापन कार्यक्रममार्फत किसानहरुलाई रासायनिक मलको प्रयोग कम गर्दै लैजाने उद्देश्यका साथ प्रांगारिक मलको उत्पादनलाई प्राथामिकता दिएको कार्यालय प्रमुख भण्डारीले बताए। 

गँड्यौली मल उत्पादनलाई मुख्य प्राथमिकता दिने भन्दै धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले आउँदा दिनहरुमा आम किसानलाई यसको महत्वका बारेमा जनचेतना जगाउँदै भर्मी मलको उत्पादन र यसको प्रयोगमा जोड दिने बताए।

जिल्लाको धुर्कोट, इस्मा, मदाने, चन्द्रकोट, छत्रकोट लगायतका पालिकामा हाल २४ किसानले गँड्यौली मलको उत्पादन गर्न सुरु गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस


प्रकाशित : बुधबार, साउन ९ २०८११३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend