शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी संकलन

images
बुधबार, साउन ९ २०८१
images
images
एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी संकलन

स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम संकलन गरिएको हो।

images
images

ताप्लेजुङ- यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब चार करोड भेटी संकलन भएको छ। स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम संकलन गरिएको हो।

images
images

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै एक करोड ६ लाख ४३ हजार एक सय ७२ रूपैयाँ भेटी संकलन भएको थियो।

images
images

पुसमा ३५ लाख २९ हजार रूपैयाँ, माघमा २४ लाख एक हजार पाँचसय रूपैयाँ र फागुनमा ५५ लाख ६० हजार आठ सय ८० रूपैायाँ भेटी संकलन भएको समितिले जनाएको छ।

images
images
images

पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए। चैतमा मात्र ७५ लाख सात हजार एक सय ५० रूपैयाँ भेटी संकलन भएको उनले जानकारी दिए।

पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बैशाखमा ६९ लाख ३२ हजार चार सय, जेठमा १५ लाख ६५ हजार नौ सय ६५ र असारमा १६ लाख ८८ हजार नौ सय रूपैयाँ भेटी संकलन भएको उल्लेख गरिएको छ।

गत आवमा दुई लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ। रासस


प्रकाशित : बुधबार, साउन ९ २०८११२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend