मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

हिमपहिरामा हराएका किसानको चार दिनपछि शव भेटियो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १९ २०७८
images
images
हिमपहिरामा हराएका किसानको चार दिनपछि शव भेटियो

चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका आच्यों गुरुङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको हो।

images
images

मनाङ- हिमपहिरामा परेर बेपत्ता भएका यहाँका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन्। मनाङको नासों गाउँपालिका-४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।

images
images

चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरुङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ।

images
images

हिउँले पुरिएको अवस्थामा उनको शव निकालिएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए। उनका अनुसार प्रहरी गस्ती टोलीले नासों गाउँपालिका-४ ओडार गाउँमाथिको फ्लेमरो जङ्गलस्थित रउभिरमा हिउँले पुरेको अवस्थामा शव भेटिएको हो।

images
images
images

गाउँमाथि रहेको भेडीगोठबाट फर्कने क्रममा १४ गते बुधबार दिउँसोबाट गुरुङ बेपत्ता थिए।

हिउँ परिरहेकाले उनी घर पुग्न सकेका थिएनन्। प्रहरीले बुधबारदेखि नै बेपत्ता गुरुङको खोजी गरेको थियो तर हिमपातका कारण उद्धारमा समस्या भएको थियो। गुरुङको शव परीक्षणका लागि लमजुङको बेंसीशहरस्थित जिल्ला अस्पताल लगिएको छ। रासस


प्रकाशित : सोमबार, पुस १९ २०७८०८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend