आइतबार, भदौ २३ गते २०८१    
images
images

एचसीसीएनको १७औँ वार्षिक साधारणसभा तथा चार्टर डे सम्पन्न

चन्द्र ढकालको नेतृत्वमा नयाँ कार्यसमिति

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ९ २०८१
images
images
एचसीसीएनको १७औँ वार्षिक साधारणसभा तथा चार्टर डे सम्पन्न

एचसीसीएनले जेठको दोस्रो साता लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयको अन्तर्राष्ट्रिय कन्क्लेभको आयोजना गरेको र सो सम्मेलनमा विश्वका विभिन्न देशका १९ राजदूत तथा प्रतिनिधिहरु रहेका अग्रवालले बताए।

images
images

काठमाडौं- नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्लुलर कर्प्स् नेपाल (एचसीसीएन)ले मंगलबार १७औँ वार्षिक साधारण सभा तथा चार्टर डे सम्पन्न गरेको छ। साधारण सभाले एचसीसीएनको डिनमा चन्द्र ढकाल र भाइस डिनमा भोला विक्रम थापालाई चयन गरेको हो। हाल ६२ सदस्य रहेको यो संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ। 

images
images
images

कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले एचसीसीएनले विश्वका राष्ट्रसँग कुटनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्। आर्थिक कुटनीतिको माध्यमबाट नेपालमा लगानी अभिवृद्धि गर्न सकिने तथा यसका लागि देशले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने उनको भनाइ थियो।

आफ्नो मन्तव्यमा एचसीसीएनका निवर्तमान डिन विष्णुकुमार अग्रवालले अवैतनिक वाणिज्यदूतहरुले लगानी भित्र्याउने, पर्यटनको प्रवद्र्धन गर्नेलगायत द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिँदै आएको बताए। नेपाली विद्यार्थीलाई विदेशमा अध्ययन गर्न छात्रवृत्तीदेखि विदेशी राष्ट्रबाट मानवीय तथा विकास परियोजना भित्र्याउनसमेत वाणिज्यदूतहरुले भूमिका खेलेको उनको भनाइ थियो।

औपचारिक रुपमा सन् २००७ मा स्थापना भएको यो संस्थाका सदस्यले विश्वका ५ महादेशका ६२ देशलाई प्रतिनिधित्व गर्ने उनले जानकारी दिए। एचसीसीएनले जेठको दोस्रो साता लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयको अन्तर्राष्ट्रिय कन्क्लेभको आयोजना गरेको र सो सम्मेलनमा विश्वका विभिन्न देशका १९ राजदूत तथा प्रतिनिधिहरु रहेका अग्रवालले बताए।

images

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवद्र्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण योगदान गरेको उनको भनाइ थियो। 

एचसीसीएनका नवनियुक्त डिन चन्द्र ढकालले एचसीसीएनले आर्थिक तथा सांस्कृतिक रुपमा नेपाललाई विश्व समुदायसँग जोड्दै आएको बताए। उनले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा आर्थिक कुटनीति मार्फत नयाँ अवसरलाई आत्मसात् गर्न एचसीसीएन सधैँ तयार रहेको उल्लेख गरे। 

नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउने विषयसँग सम्बद्ध यसअघिका कानून तथा नीतिहरुलाई सुधार गरेर लगानी मैत्री बनाएको चर्चा गर्दै ढकालले एचसीसीएनले लगानी भित्र्याउन र देशको आर्थिक समृद्धिका लागि योगदान गर्ने बताए। 

उक्त कार्यक्रमा परराष्ट्रमन्त्री राणाले एचसीसीएनको आधिकारिक वेबसाइट सार्वजनिक गरेकी थिइन्। वेबसाइटमा नेपालमा कार्यरत् अवैतनिक वाणिज्यदूतको कार्यालय सम्बन्धी जानकारी, संस्थाले विगत र हाल गरेका गतिविधि लगायतका सूचनाहरु राखिएको छ।


प्रकाशित : बुधबार, साउन ९ २०८११०:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend