बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

अपि पावरले खानेपानी र अपार्टमेन्टमा समेत लगानी विस्तार गर्ने, २ अर्ब ५५ कराेड लगानी गर्दै

images
बुधबार, साउन ९ २०८१
images
images
अपि पावरले खानेपानी र अपार्टमेन्टमा समेत लगानी विस्तार गर्ने, २ अर्ब ५५ कराेड लगानी गर्दै

कम्पनीले २१ करोड लगानीमा अपि इन्फ्रा लिमिटेड स्थापना गरेर अपार्टमेन्ट निर्माण गर्नको लागि ३ रोपनी जग्गा पनि खरिद गरेको छ।

images
images

काठमाडौं- ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको अपि पावर कम्पनीले अन्य क्षेत्रमा समेत लगानी विस्तार गर्ने भएको छ। अपि पावर कम्पनीकै ग्रुपअन्तर्गत रहेर कम्पनीले पानी उत्पादन गर्नुका साथै अपार्टमेन्टमा समेत लगानी विस्तार गर्न लागेको हो। 

images
images

कम्पनीले अपि स्प्रिङ लिमिटेडले ‘अपि’ नामको पानी ल्याउने भएको छ। कम्पनीले उक्त पानीका लागि १ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

images
images

चालु आर्थिक वर्ष २०८१/८२ मै उत्पादन हुनेगरी दार्चुलामा घट्टेगाडको पानी प्रशोधन गर्न प्लान्ट स्थापना गरेको छ। कम्पनीले मिनरल वाटर र प्रोसेस्ड वाटर गरी दुई प्रकारको पानी उत्पादन गर्ने भएको हो। 

images
images

पानीसँगै कम्पनीले ललितपुरको झम्सिखेलमा १ अर्ब २० करोड रुपैयाँ लगानीमा अपार्टमेन्ट निर्माण गर्ने भएको छ। कम्पनीले २१ करोड लगानीमा अपि इन्फ्रा लिमिटेड स्थापना गरेर अपार्टमेन्ट निर्माण गर्नको लागि ३ रोपनी जग्गा पनि खरिद गरेको छ। अपार्टमेन्ट १० तले हुने, त्यसमा ४५ वटा सुविधासम्पन्न युनिट हुने र दुई वर्षमा काम सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ।

अपार्टमेन्ट निर्माण गर्नको लागि रिजर्भले नै पुग्ने र थप ऋण वा हकप्रद नचाहिने कम्पनीको भनाइ छ। निर्माण सम्पन्न भएपश्चात अपार्टमेन्टबाट २० देखि ३० करोड रुपैयाँ आम्दानी हुने कम्पनीको प्रक्षेपण छ।

हाइड्रो उत्पादन गरिरहेको कम्पनीले बिजुली व्यापारको समेत तयारी गरेको छ। सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिएमा अन्तर्राष्ट्रिय व्यापारमा जानेसमेत योजना कम्पनीले बनाएको छ। कम्पनीका तत्कालीन अध्यक्ष गुरु न्यौपाने कारबाहीमा परेपछि अहिले अध्यक्षको रुपमा सृजना खड्काले कम्पनी सम्हाल्दै आएकी छिन्। 

कम्पनीले दार्चुलाको नौगडगाढ नदीको पानी उपयोग गरी ८.५ मेगावाट क्षमताको नौगडगाढ जलविद्युत आयोजनाबाट आफ्नो यात्रा सुरु गरेको थियो। अपिले अहिले ६२.५ मेगावाटका आयोजना निर्माण सम्पन्न गरिसकेको छ। कम्पनीले दार्चुलामै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ। जुन सुदूरपश्चिमको हालसम्मकै ठूलो जलविद्युत् आयोजना हो।

कम्पनीले तीनवटा सोलार आयोजना पनि निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ। कम्पनीले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केवर सोलार आयोजना, १ मेगावाटको सिमरा सोलार आयोजना निर्माण सम्पन्न गरिसकेको छ।

नेपाल विद्युत प्राधिकरणले सोलार आयोजना निर्माणको लागि गरेको टेण्डरमा पनि सहभागिता जनाएर आगामी आर्थिक वर्षमा थप ३० मेगावाटको सोलार आयोजना बनाउने तयारी भएको अपि पावरले जनाएको छ।


प्रकाशित : बुधबार, साउन ९ २०८१०८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend