शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

एक लाख घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध अख्तियारको मुद्दा

images
मंगलबार, साउन ८ २०८१
images
images
एक लाख घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध अख्तियारको मुद्दा

अख्तियारले इन्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इन्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

images
images

खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले उनलाई पक्राउ गरेको थियो। आयोगको टोलीले इन्जिनियर हुसैनलाई एक लाख घुससहित पक्राउ गरेको हो।

images
images

आयोगले हुसैनविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। रासस

images
images
images


प्रकाशित : मंगलबार, साउन ८ २०८११८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend