शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

सांसदले घुस दिएको विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु : गृहमन्त्री लेखक

images
मंगलबार, साउन ८ २०८१
images
images
सांसदले घुस दिएको विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु : गृहमन्त्री लेखक

'सदनमा एक सदस्यले आफ्नो छोराको सर्टिफिकेटको सन्दर्भमा बिचौलियालाई घुस दिएको कुरा उठाउनुभएको छ। मैले व्यक्तिगतरुपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउन आग्रह गरेको छु', गृहमन्त्री रमेश लेखकले भने।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा वीरेन्द्र महतोले घुस दिएको विषय अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन्।

images
images

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले सदनमा उठाएका विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिएका हुन्। आफूले व्यक्तिगतरुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको उनले बताए।

images
images

'घुस प्रकरणमा  तत्काल छानबिन थाल्न आदेश भएको छ। यो विषयलाई सरकारले  गम्भीर रुपमा लिएको छ', गृहमन्त्री लेखकले भने, 'सदनमा एक सदस्यले आफ्नो छोराको सर्टिफिकेटको सन्दर्भमा बिचौलियालाई घुस दिएको कुरा उठाउनुभएको छ। मैले व्यक्तिगतरुपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउन आग्रह गरेको छु।' रासस

images
images
images


प्रकाशित : मंगलबार, साउन ८ २०८११७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend