मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

बैतडीका स्थानीय तहले खर्च गर्न सकेनन् शतप्रतिशत बजेट, २५ करोड रकम फिर्ता

images
मंगलबार, साउन ८ २०८१
images
images
बैतडीका स्थानीय तहले खर्च गर्न सकेनन् शतप्रतिशत बजेट, २५ करोड रकम फिर्ता

दोगडाकेदार गाउँपालिकामा ३० करोड २० लाख प्राप्तमध्ये २६ करोड ६५ खर्च भएको छ। बाँकी तीन करोड ५४ लाख रूपैयाँ फिर्ता भएको छ।

images
images

बैतडी- बैतडीका स्थानीय तहले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपुरक र विशेष अनुदानअन्तर्गतका रकम शतप्रतिशत खर्च गर्न सकेनन्। यहाँका १० वटै स्थानीय तहबाट गत आर्थिक वर्ष २०८०८१ मा खर्च हुन नसकेर २५ करोड २१ लाख ९४ हजार तीन सय ६९ रूपैयाँ फिर्ता भएको छ।

images
images

यहाँका स्थानीय तहहरुका लागि दुई अर्ब ८३ करोड ५३ लाख ५७ हजार छ सय ४८ रूपैयाँ बजेट प्राप्त भएको थियो। त्यसमध्ये दुई अर्ब ५८ करोड ३१ लाख ६३ हजार दुई सय ७८ रूपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए।

images
images

पाटन नगरपालिकामा ३८ करोड ६६ लाख ८२ हजार दुई सय ३४ रूपैयाँ प्राप्त भएकोमा ३३ करोड ८८ लाख ९९ हजार एक सय २३ खर्च भएको थियो। सो नगरपालिकाका लागि प्राप्तमध्ये चार करोड ७७ लाख ८३ हजार एक सय १० फिर्ता भएको हो।

images
images
images

दोगडाकेदार गाउँपालिकामा ३० करोड २० लाख ८१ हजार दुई सय ९३ रूपैयाँ प्राप्तमध्ये २६ करोड ६५ लाख ८१ हजार पाँच सय ३४ रूपैयाँ खर्च भएको छ। बाँकी तीन करोड ५४ लाख ९९ हजार सात सय ५८ रूपैयाँ फिर्ता भएको छ। 

दशरथचन्द नगरपालिकामा ४० करोड २४ लाख १८ हजार नौ सय ६० बजेट प्राप्त भएकोमा ३७ करोड २४ लाख ९४ हजार दुई सय ३४ रूपैयाँ खर्च भएको छ। दशरथचन्दबाट दुई करोड ९९ लाख २४ हजार सातसय २५ रूपैयाँ खर्च हुन सकेन। 

पुर्चौंडी नगरपालिकामा ३८ करोड २९ लाख ३३ हजार नौ सय ३० रूपैयाँ बजेट प्राप्त भएकोमा ३७ करोड ३९ लाख १८ हजार चारसय तीन रूपैयाँ खर्च भइ ९० लाख १५ हजार पाँच सय २६ रूपैयाँ फिर्ता भएको छ।

मेलौली नगरपालिकाले २७ करोड १२ लाख २५ हजार २६ रूपैयाँ अनुदान प्राप्त गरेकोमा २४ करोड ३९ लाख ५४ हजार तीनसय ८५ रूपैयाँ खर्च गरेको हो। दुई करोड ७२ लाख ७० हजार छ सय ४० रूपैयाँ फिर्ता भएको छ।

डिलाशैनी गाउँपालिकाबाट गत आवमा ६८ लाख ७२ हजार दुई सय ८२ रूपैयाँ फिर्ता भएको छ। २४ करोड ५५ लाख ९९ हजार एक सय ४३ रूपैयाँ बजेटमध्ये २३ करोड ८७ लाख २६ हजार आठ सय ६० रूपैयाँ खर्च गरेको थियो।

पञ्चेश्वर गाउँपालिकाबाट गत आवमा एक करोड ९८ लाख ५० हजार तीन सय ६० रूपैयाँ फिर्ता भएको छ। २० करोड २४ लाख ८८ हजार ९५ रूपैयाँ बजेटमध्ये १८ करोड २६ लाख ३७ हजार सात सय ३४रूपैयाँ खर्च भएको जनाइएको छ। 

शिवनाथ गाउँपालिकाबाट गत आवमा तीन करोड २९ लाख ३४ हजार सात सय ५६ रूपैयाँ फिर्ता भएको छ। शिवनाथमा १८ करोड ६२ लाख ३४ हजार तीन सय ५१ रूपैयाँ बजेटमध्ये १५ करोड ३३ लाख ९४ रूपैयाँ खर्च भएको छ।

सिगास गाउँपालिकामा २१ करोड ६४ लाख ८३ हजार पाँचसय रूपैयाँ बजेट प्राप्त भएकोमध्ये २० करोड नौ लाख ७७ हजार ३१ रूपैयाँ खर्च भएको छ। सिगासबाट खर्च हुन नसकेर एक करोड ५५ लाख छ हजार चारसय ६९ रूपैयाँ फिर्ता भएको छ।

सुर्नया गाउँपालिकाले दुई करोड ७५ लाख ३६ हजार सात सय ३९ फिर्ता गरेको छ। सुर्नयाले २३ करोड ९२ लाख १० हजार छ सय १६ रूपैयाँ प्राप्त गरेकोमा २१ करोड १६ लाख ७३ हजार आठ सय ७६ रूपैयाँमात्र खर्च गरेको थियो।

सशर्त, समपुरक र विशेष अनुदानअन्तर्गत प्राप्त हुने बजेट सर्तसहित आउने भएकोले सबै रकम खर्च हुन नसकेको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए। उनले भने, 'शीर्षक छुट्याएर बजेट दिएको हुन्छ। सोही शीर्षकमा मात्रै खर्च गर्नुपर्ने हुन्छ।'ु

ठेक्का प्रक्रियाबाट योजना निर्माण गर्दा घटाघटीमा ठेक्का गर्नुपर्ने र निर्धारित बजेट बाँकी रहने भएकोले त्यस्तो बचेको बजेट फेरि खर्च गर्न नमिल्ने हुँदा फिर्ता जाने गरेको उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, साउन ८ २०८११६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend