शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

बारपाक सुलिकोटमा ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

images
मंगलबार, साउन ८ २०८१
images
images
बारपाक सुलिकोटमा ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता
फाइल तस्बिर

सबै वडामा गाउँपालिका, वडा र बैंकका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

images
images

गोरखा- यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ।

images
images

सबै वडामा गाउँपालिका, वडा र बैंकका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए। गाउँपालिकाले समय तालिका बनाएर गाउँमै बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको उनले बताए।

images
images

'बारपाक सुलिकोट भौगोलिक हिसाबले जटिलता भएको पालिका हो,' अध्यक्ष भट्टले भने, 'सामाजिक सुरक्षा भत्ताका लागि असहाय, अपांगता भएका तथा ज्येष्ठ नागरिक बैंकसम्म पुग्न कठिनाइ हुने भएकाले टोलटोलमै पुगेर वितरण गर्दै आएका छौँ।'

images
images
images

सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्नुपर्ने भएकाले गाउँपालिकाले बैंकसँग आवश्यक समन्वय गरी टोलटोलमा लाभग्राहीलाई बैंकिङ प्रक्रिया पूरा गरी भत्ता उपलब्ध गराउने गरेको उनको भनाइ छ। टोलटोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि लाभग्राही खुसी भएका छन्।

भौगोलिक अवस्थितिअनुसार गाउँपालिकाले प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता वितरण टोली परिचालन गरेको छ। हालै गाउँपालिका-४ स्थित सौरपानीबाट भत्ता वितरणको काम सुरु गरिएको छ।

'बैंकसम्म सुरक्षा भत्ताका लागि धाउनुपर्दा एकतर्फ हैरानी खेप्नुपर्ने र अर्कोतर्फ अशक्त र असहाय व्यक्तिले गाडी ‘रिजर्भ’ गरेर आउजाउ गर्नुपर्दा खर्चिलोसमेत हुने गरेको थियो,' अध्यक्ष भट्टले भने। रासस


प्रकाशित : मंगलबार, साउन ८ २०८११४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend