आइतबार, भदौ २३ गते २०८१    
images
images

दाङमा जडीबुटी उत्पादन बढ्यो

images
मंगलबार, साउन ८ २०८१
images
images
दाङमा जडीबुटी उत्पादन बढ्यो

आर्थिक वर्ष २०८०/०८१ मा ६ लाख किलो जडीबुटी उत्पादन भएको छ। गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको थियो।

images
images

देउखुरी- दाङमा जडीबुटी उत्पादन बढेको छ। टिमुर, हर्रो, बर्रो, त्रिफला, लहरे गुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८०/०८१ मा ६ लाख किलो जडीबुटी उत्पादन भएको छ। 

images
images
images

गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको थियो। उक्त आवमा टिमुर एक लाख ४९ हजार ६ सय ७० किलो, मालागेडी एक लाख ३९ हजार ६ सय २० किलो, रिठा ८३ हजार ८ सय ७० किलो, तेजपात ४३ हजार ४ सय ५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३ सय ७० किलो उत्पादन भएको छ।

वन डिभिजन कार्यालयका अनुसार  चुत्रो ९ सय ४० किलो, अमला ५ सय किलो, गुर्जो लहरा १ हजार किलो र तिगेडी ६ हजार ४ सय ६० किलो उत्पादन भएको छ।

उक्त कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ६ लाख ३८ हजार रूपैयाँ राजस्व संकलन भएको थियो। आर्थिक वर्ष २०७९/०८० मा त्यो घटेर ५ लाख ६१ हजार ५ सयमा सीमित भएको थियो।

images

यद्यपि गत आर्थिक वर्ष २०८०/०८१ मा जडीबुटी संकलन इजाजत बापतको राजस्वमा केही सुधार भएको छ। उक्त अवधिमा ५ लाख ७६ हजार ७ सय रूपैयाँ राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०७८/०७९ मा २९ हजार ५ सय ५० किलो टिमुर उत्पादन भएकामा आर्थिक वर्ष २०७९/०८० मा त्यो घटेर १३ हजार किलोमा झरेको थियो।

आर्थिक वर्ष २०७८/०७९ मा दाङको राष्ट्रिय र निजी वनबाट २ लाख ४१ हजार ७ सय ४२ किलो काठ बेचिएको थियो।

टिमुरका लागि दाङ पकेट क्षेत्रका रुपमा  रहेको जिल्लाको बंगलाचुली गाउँपालिकासहित घोराही उपमहानगरपालिकाको वडा नम्बर १ र १८, तुलसीपुर उपमहानगरपालिकाको १९, शान्तिनगर गाउँपालिकालगायत पहाडी क्षेत्रमा पनि यसको उत्पादन आएको छ। रासस


प्रकाशित : मंगलबार, साउन ८ २०८११४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend