बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको चेतावनी - मानव बेचबिखनमा संलग्न पाइए कडा कारबाही हुन्छ

images
मंगलबार, साउन ८ २०८१
images
अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको चेतावनी - मानव बेचबिखनमा संलग्न पाइए कडा कारबाही हुन्छ

गृहमन्त्री रमेश लेखकले दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापनाको प्रक्रियाअघि बढाउन पनि निर्देशन दिए।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले अध्यागमनसम्बन्धी ऐन, कानून निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्। 

images
images
images

आज अध्यागमन विभागको निरीक्षणपछि गृहमन्त्री लेखकले एक महिनाभित्र ऐन, नियम, कार्यविधि र नियामाली गृह मन्त्रालयमा प्रस्तुत गर्न निर्देशन दिएका हुन्।

images
images

उनले दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापनाको प्रक्रिया अघि बढाउन पनि निर्देशन दिए।

images
images

मानव बेचबिखनका गतिविधिमा अध्यागमनका कर्मचारी संलग्न भएका आरोप असत्य साबित नहुन् भन्दै उनले यदि कुनै कर्मचारीलाई दोषी पाइएमा कडा कारबाही हुने चेतावनी दिए।

अध्यागमन कार्यालयबाट मुलुकको आकृति प्रतिविम्बित हुने भएकाले सम्बद्ध कर्मचारीलाई सबै यात्रीसँग असल व्यवहार गर्न निर्देशन दिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।

गृहसचिव एकनायारयण अर्यालले पूर्ण क्षमतामा अध्यागमन कार्यालय सञ्चालन हुनुपर्नेमा जोड दिँदै सबै सरकारी निकायसँग समन्वय गरेर विभागले काम गर्नुपर्ने बताए। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतका कार्यालयसँग समन्वय र सहकार्य हुनुपर्नेमा उनको जोड थियो।

विभागका महानिर्देशक कोशहरि निरौलाले परिवर्तित सन्दर्भमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५अनुसार कार्यसम्पादन चुनौतीपूर्ण भएको बताए। रासस


प्रकाशित : मंगलबार, साउन ८ २०८११३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend