आइतबार, भदौ २३ गते २०८१    
images
images

पहिरोले अवरुद्ध हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा

images
मंगलबार, साउन ८ २०८१
images
images
पहिरोले अवरुद्ध हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा

ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुदेखि हेटौँडा-काठमाडौंतर्फको यातायात अवरुद्ध भएको थियो।

images
images

मकवानपुर- काठमाडौंबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका-३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाएपछि हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ।

images
images
images

राति नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ। ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुका ९ बजेदेखि हेटौँडा-काठमाडौंतर्फको यातायात अवरुद्ध भएको थियो। 

कान्तिलोकपथअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका-७ न्यासुरमा राति गएको पहिरो हटाइ आज बिहान साढे ६ बजेदेखि यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए।

यसैबीच, त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग र फाखेल, सिस्नेरी मातातीर्थ हुँदै काठमाडौंतर्फ जोड्ने सडक पनि आज बिहानदेखि यातायात सेवा सञ्चालन भएको प्रहरी निरीक्षक शाहले बताए। रासस

images


प्रकाशित : मंगलबार, साउन ८ २०८११३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend