शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

हिमालयन डिस्टिलरी सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित

images
मंगलबार, साउन ८ २०८१
images
images
हिमालयन डिस्टिलरी सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित

सन् १९८५ मा स्थापना भएको हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्लाक ओक, सिल्भर ओकजस्ता लोकप्रिय मदिरा उत्पादन गर्दै आएको छ।

images
images

काठमाडौं- नेपालको अग्रणी मदिरा उत्पादन कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कारबाट सम्मानित भएको छ। इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान)को १०औँ वार्षिक परिषदको भव्य समारोहमार्फत हिमालयन डिस्टिलरीलाई सम्मान गरिएको हो।

images
images

उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको र यस पुरस्कारबाट अझै हौसला मिलेको कम्पनीले जनाएको छ। साथै, आगामी दिनमा कर्पाेरेट सुशासन र वित्तीय अखण्डताको उच्चतम मापदण्ड कायम गर्ने प्रतिबद्धता कम्पनीले गरेको छ।

images
images

उत्पादन क्षेत्रमा राष्ट्रिय प्रतिवेदन पुरस्कारको सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित भएको हिमालयन डिस्टिलरीले आफ्ना वितरक, कर्मचारी, व्यवस्थापन, सेयरधनीसहित सम्पूर्णमा निरन्तर सहयोग र साझेदारीका निम्ति कृतज्ञतासमेत गरेको छ। मूल्यवान साझेदारहरूको निरन्तर सहयोगका साथ, कम्पनीले अझ बढी उचाइ हासिल गर्नसक्ने कम्पनीको विश्वास छ।

images
images
images

उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागि साउथ एसियन फेडरेसन अझ अकाउन्टेन्टस (साफा) मा पठाइने भएकाले नेपालको प्रतिनिधित्व गर्दै सुशासनमा प्रतिस्पर्धाका निम्ति हौसला प्राप्त भएको कम्पनीले जनाएको छ।

सन् १९८५ मा स्थापना भएको मुलुकको अग्रणी मदिरा उत्पादक हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्लाक ओक, सिल्भर ओकजस्ता लोकप्रिय मदिरा उत्पादन गर्दै आएको छ।


प्रकाशित : मंगलबार, साउन ८ २०८१११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend