आइतबार, भदौ २३ गते २०८१    
images
images

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन ८ २०८१
images
images
वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण

डिभिजन वन कार्यालय बाँके शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख सुशील सुवेदीले पोखरी निर्माणमा आर्थिक सहयोग गरेको जानकारी दिए।

images
images

बाँके- वन्यजन्तुका लागि बाँकेका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ।  

images
images
images

राप्तीसोनारी गाउँपालिका-८ ओभरीस्थित भगवती सामुदायिक वनमा पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले जानकारी दिए।
 
पोखरीमा शम्शेरबजारमा राखिएका खानेपानी ट्याङ्कीबाट एक हजार दुई सय मिटर पाइप बिच्छयाएर पानी ल्याएको उनले बताए। यसबाट पोखरी नजिकै रहेको निकुञ्ज र सामुदायिक वनका वन्यजन्तु पानी खान सजिलो भएको छ। 

अध्यक्ष वलीका अनुसार पोखरी निर्माण पश्चात् चितुवा, चित्तल, जरायोलगायत विभिन्न प्रजातिका वन्यजन्तु वनमा देखिन थालेका छन्। सामुदायिक वनमा ‘सिसी क्यामेरा’ जडान गरिएको छ। क्यामेरामा १९ प्रजातिका चरा र वन्यजन्तु देखिएको उनले बताए।

डिभिजन वन कार्यालय बाँके शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख सुशील सुवेदीले पोखरी निर्माणमा आर्थिक सहयोग गरेको जानकारी दिए।

images

पोखरीको गहिराइ पाँच फिट, लम्बाइ सय मिटर र चौडाइ ५० मिटर रहेको छ। वन्यजन्तुलाई पानी पिउन पोखरीमा झर्न सजिलो होस् भन्नका लागि प्राकृतिक लयमा पोखरी निर्माण गरिएको उनले बताए। रासस


प्रकाशित : मंगलबार, साउन ८ २०८११०:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend