आइतबार, भदौ २३ गते २०८१    
images
images

सिमेन्ट निर्यातमा उत्साह, अघिल्लो आवको तुलनामा ३ अर्ब ७ करोडले बढ्यो

images
मंगलबार, साउन ८ २०८१
images
images
सिमेन्ट निर्यातमा उत्साह, अघिल्लो आवको तुलनामा ३ अर्ब ७ करोडले बढ्यो

यो तथ्यांकमा गत आवमा दुई पटकसम्म सिमेन्ट निर्यात गर्ने अर्घाखाँची लगायतको उद्योगमा विद्युत प्राधिकरणले लाइन काट्दा केही असर गरेको छ।

images
images

काठमाडौं- सिमेन्ट निर्यातमा उत्साह देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङकर निर्यात भएको छ।

images
images
images

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा ५ लाख ६ हजार ८ सय ४१ टन क्लिङकर र २३ लाख ३२ हजार ३ सय ७६ टन सिमेन्ट भारत निकासी भएको छ।

यो तथ्यांकमा गत आवमा दुई पटकसम्म सिमेन्ट निर्यात गर्ने अर्घाखाँची लगायतको उद्योगमा विद्युत प्राधिकरणले लाइन काट्दा केही असर गरेको छ। 

गत आवमा अघिल्लो आव २०७९/०८० को तुलनामा भने सिमेन्ट निर्यात ठूलो परिमाणमा बढेको हो। २०७९/०८० मा ७७ करोड ९३ लाख ५ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो। २०८०/८१ मा अघिल्लो आवको तुलनामा झण्डै ३ अर्ब ७ करोडले सिमेन्ट निर्यात बढेको छ।

images

कुन महिना कति?

गत आवको साउनमा २३ करोड ४९ लाख रुपैयाँबराबरको सिमेन्ट निर्यात भएको थियो। यसैगरी भदौमा १८ करोड ३५ लाख, असोजमा ४३ लाख ४६ हजार रुपैयाँ र कात्तिकमा २७ करोड ७७ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो।

यसैगरी गत आवको बैशाखमा नै ३६ करोड २२ लाख, पुसमा २७ करोड १० लाख रुपैयाँ र माघमा २९ करोड ७५ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो।

यसैगरी विभागका अनुसार फागुनमा ४१ करोड ९ हजार  रुपैयाँ र चैतमा ५० करोड २९ लाख रुपैयाँ, बैशाखमा ३६ करोड ९ लाख, जेठमा ३२ करोड १६ लाख रुपैयाँ र असारमा १९ करोड ५७ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ।


प्रकाशित : मंगलबार, साउन ८ २०८१०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend