काठमाडौं- सामेबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ३ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँ मूल्य घटेको हो।
आइतबार छापावाल ९३ हजार ४ सय रुपैयाँ प्रतितोला कारोबार भएकोमा सोमबारका लागि ९३ हजार १ सय रुपैयाँ मूल्य कायम भएको छ। त्यस्तै सोमबारका लागि चाँदीको मूल्य १२ सय ६५ रुपैयाँ तोकिएको छ।
आइतबार चाँदी प्रतितोल १२ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।