काठमाडौं- वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।
ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट, माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दनकुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएका जैसवाल काठमाडौं महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ परेका हुन्।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।