बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

महाकाली करिडोर र तराई-मधेस द्रुतमार्गमा बजेटको कमी हुँदैन, सुनकोशी-कमला डाइभर्सन अध्ययनको चरणमा : प्रधानमन्त्री

images
सोमबार, साउन ७ २०८१
images
महाकाली करिडोर र तराई-मधेस द्रुतमार्गमा बजेटको कमी हुँदैन, सुनकोशी-कमला डाइभर्सन अध्ययनको चरणमा : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले नेपालको भूभागमा पर्ने कोशी पश्चिम नहरको किनार अतिक्रमण भएकाले उक्त अतिक्रमण हटाइ कालोपत्र गर्न नेपाल-भारत द्विपक्षीय संयन्त्रमार्फत अनुरोध गरिने जानकारी पनि सदनलाई गराए।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली करिडोर आयोजनाअन्तर्गतको तुषारपानी-कोटेघर-टिङ्कर खण्डबारे सदनलाई जानकारी गराएका छन्।

images
images
images

सो खण्डको ८० प्रतिशत कडा चट्टान रहेको र विस्फोटक पदार्थको व्यवस्थापनको सहजता भइ निर्माण कार्यमा कम समय लाग्ने तथा कार्यप्रगति छिटो हुने उद्देश्यका साथ नेपाली सेनाले काम गरिरहेको उनले जानकारी दिए।

images
images

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको क्रममा छुट्टै बजेट शीर्षकको सन्दर्भमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय (नेपाली सेना) बाट कार्यान्वयन भइरहेको तराई-मधेस द्रुतमार्गबाहेक अन्य कुनै पनि नेपाली सेनाले निर्माण गर्ने सडकमा छुट्टै बजेट उप-शीर्षक कायम भएको अवस्था नरहेको स्पष्ट पारे।

images
images

प्रधानमन्त्री ओलीले भने, 'बजेट अभावका कारण कार्य प्रगतिमा कुनै कमी हुन नदिन नेपाली सेनाबाट माग भएबमोजिम नै विगतमा पनि बजेट व्यवस्थापन भइरहेको तथा भविष्यमासमेत बजेट कमी हुन नदिने विश्वास दिलाउन चाहन्छु।'

उनले संघको कार्यक्षेत्र रहेका सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा सिँचाइ र नदी नियन्त्रणका कार्यहरु प्रभावकारी रुपले सम्पादन गर्न दार्चुलाबाट बैतडीको पाटनमा कार्यालय स्थानान्तरण गरिएको जानकारी दिए।

तटबन्ध निर्माण कार्यान्वयन एवं आवश्यक अनुगमन गर्न सम्पर्क कार्यालय र केही प्रविधिक दार्चुलामा पनि राखिएको उल्लेख गर्दै उनले बैतडीस्थित कार्यालयले पनि यससम्बन्धी कार्य गर्ने सदनलाई जानकारी गराए।

प्रधानमन्त्री ओलीले नेपालको भूभागमा पर्ने कोशी पश्चिम नहरको बाँधमा क्रमशः सडक कालोपत्र भइरहेको पनि अवगत गराए।नहरको किनार अतिक्रमण भएकाले उक्त अतिक्रमण हटाइ कालोपत्र गर्न नेपाल-भारत द्विपक्षीय संयन्त्रमार्फत अनुरोध गरिने जानकारी उनले सदनलाई गराए।

प्रधानमन्त्री ओलीले उदयपुरको गाईघाटबाट भारतीय सिमानासम्मको सडक निर्माणको सन्दर्भमा पूर्वतयारीका काम सम्पन्न भइ गत आर्थिक वर्ष २०८०/८१ मा स्रोत सहमति माग भएकामा आर्थिक अभावका कारण अगाडि बढाउन नसकिएकाले चालु आर्थिक वर्षमा उक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइने बताए।

नेपाल र भारतबाट संयुक्त रूपमा कोशी उच्च बाँधसँगै सुनकोशी कमला डाइभर्सन अध्ययनको चरणमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले अध्ययन सम्पन्न भएपछि यसको कार्यान्वयन अगाडि बढाइने उल्लेख गरे। रासस


प्रकाशित : सोमबार, साउन ७ २०८११७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend