आइतबार, भदौ २३ गते २०८१    
images
images

नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्या हटाउन प्रधानमन्त्री सकारात्मक

images
सोमबार, साउन ७ २०८१
images
images
नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्या हटाउन प्रधानमन्त्री सकारात्मक

त्यसैगरी सो छलफलमा अध्यक्ष चोधरीले नेपालमा विद्युतीय सवारी साधनहरुको आयात बढ्दै गएको भएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरुमा चार्जिङ स्टेसनहरुको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतीय सवारी साधनहरुका सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीति नियम ल्याउनु पर्ने जिकिर गरे।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री ओलीसँग भेटगरी विभिन्न विषयहरूमा छलफल गरेको हो। 

images
images
images

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायमा देखा परेका विभिन्न समस्याहरू बारे संक्षिप्त रुपमा चर्चा गर्दै सरकारका विभिन्न कार्यविधिहरूको कारण अटोमोबाइल ब्यवसायीहरू आफ्नो व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुँदै गएको सन्दर्भमा नेपालको अटोमोबाइल व्यवसायलाई माथि उठाउन आवश्यक नीतिगत सुझावहरू दिएका थिए। 

उक्त छलफलमा अध्यक्ष चौधरीले विशेषगरी अटोमोबाइल व्यवसायलाई पुनः गतिशिल बनाउन बैकहरूबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेसियोमा हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पुँजी कर्जा मार्ग दर्शन २०७९ लागु भएपछि लागु भएको मितिभन्दा अगाडि कर्जा लिएकाहरूलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मिति पछि कर्जा लिएकाहरूलाई मात्रै चालु पुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने बताएका थिए। 

त्यसैगरी सो छलफलमा अध्यक्ष चोधरीले नेपालमा विद्युतीय सवारी साधनहरूको आयात बढ्दै गएको भएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरूमा चार्जिङ स्टेसनहरूको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतीय सवारी साधनहरूका सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीति नियम ल्याउनु पर्ने जिकिर गरे। 

images

सोही छलफलको क्रममा अध्यक्ष चौधरीले दुई पांग्रे सवारी साधनहरूको सन्दर्भमा पनि पैठारीकर्ताले डिलरलाई बिल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्थाका लागिसमेत आग्रह गर्दै नेपालमा आयात भइरहेका दुई पांग्रे सवारी साधनहरू मध्ये करिब ९८ प्रतिशतभन्दा बढी आयात भारतमा निर्मित दुई पांग्रे सवारी साधनहरू भएको तर हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज, भारतमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभइ फरक साइजको भएकोले सवारी सञ्चालनको क्रममा अगाडिको सकरमा ठोकिने भएको कारणले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको नाडाको ठम्याइ छ। 

त्यसैले इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागु भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेट मध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरि दिनसमेत नाडाले प्रधानमन्त्रीलाई अनुरोध गरेको छ।  

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोबाइल उद्योगहरूको समस्या र चुनौतीहरू बारे जानकारी दिए। सो छलफलमा प्रधानमन्त्री ओलीले सवारी साधन, टायरटयूव, ब्याट्री तथा लुव्रिकेन्ट उद्योगहरूको वर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्दै प्रस्तुत समस्याहरूको समाधानका लागि आवश्यक पहलकदमी लिइने आश्वासन दिएका थिए। उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा एशोसिएसन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो।


प्रकाशित : सोमबार, साउन ७ २०८११६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend