आइतबार, भदौ २३ गते २०८१    
images
images

विद्युतीय कारमा देखियो उभार, १८८.९१ प्रतिशतले बढ्यो आयात

images
सोमबार, साउन ७ २०८१
images
images
विद्युतीय कारमा देखियो उभार, १८८.९१ प्रतिशतले बढ्यो आयात

आव २०८०/८१ मा कुल २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँका ११ हजार ७ सय १ वटा विद्युतीय कार आयात भएका हुन्।

images
images

काठमाडौं- गत वर्ष विद्युतीय सवारीका लागि स्वर्णिम वर्ष बन्यो। सरकारले विद्युतीय सवारीमा केही कर वृद्धि गरे पनि उपभोक्ताको खरिद मनसाय विद्युतीय कारमै गएकाले आयात उल्लेख्य रुपमा बढेको हो। 

images
images
images

आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ७ सय १ वटा विद्युतीय कार आयात भएका छन्। यसमध्ये सबैभन्दा धेरै ५० देखि १०० किलोवाट मोटर क्षमता भएका विद्युतीय कार आयात भएका हो। यो वर्गका ६ हजार ८ सय ८५ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। 

त्यस्तै ५० किलोवाटसम्म क्षमता भएका कार ४ हजार ५ सय ७१ वटा आएका छन्। त्यस्तै १०१ देखि २०० किलोवाट क्षमतासम्मका २ सय १७ वटा आएका छन्। २०१ देखि ३०० किलोवाट मोटर क्षमता भएका २७ वटा र ३०० किलोवाटमाथिको एउटा विद्युतीय कार आयात भएको हो। 

आव २०८०/८१ मा कुल २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँका ११ हजार ७ सय १ वटा विद्युतीय कार आयात भएका हुन्। यो संख्यामा विद्युतीय कार आयात हुँदा सरकारले १३ अर्ब २८ करोड ६७ लाख १३ हजार रुपैयाँ कर उठाएको छ।

images

आव २०७९/८० मा ४ हजार ५० वटा विद्युतीय कार आयात भएको थियो। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्ष ११ अर्ब ८४ करोड ८ लाख ९५ हजार रुपैयाँ बराबरको ४ हजार ५० वटा विद्युतीय कार आयात भएको थियो। 

उक्त संख्यामा विद्युतीय कार आयात हुँदा सरकारले ३ अर्ब ३० करोड ४४ लाख ८७ हजार रुपैयाँ राजस्व उठाएको थियो। यो वर्ष भने ५० किलोवाट क्षमताका कार धेरै आएका थिए। ५० किलोवाटसम्मका ३ हजार ७ सय ५९ वटा विद्युतीय कार आयात भएका थिए।

आव २०७९/८० को तुलनामा २०८०/८१ मा विद्युतीय कार आयात १८८.९१ प्रतिशतले बढेको तथ्यांक छ। 

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटमार्फत पनि विद्युतीय कारमा सामान्य कर वृद्धि गरेकाले यो वर्ष पनि विद्युतीय कारको आयात राम्रो हुने अनुमान गरिएको छ। उपभोक्ताले विद्युतीय कार नै खरिद गर्ने चाहना बढाइरहेकाले नेपाली बजारमा विद्युतीय कारको आयात बढ्दै जाने देखिन्छ। 

योसँगै नेपाली अटोमोबाइल बजारमा अब विद्युतीय कार नै 'मेनस्ट्रिम' बन्ने बलियो संकेत मिलिसकेको छ। 

हाल नेपाली बजारमा चीन, भारत, कोरिया, इन्डोनेसिया, जर्मनीलगायत देशबाट विद्युतीय कार आयात भइरहेको छन्। बीवाईडी, टाटा, एमजी, किया, हुन्डाई, सेरेस, ओमोडा, दिपल, स्काइवेल, सेरेसलगायत ब्रान्डका विद्युतीय कार आयात भइरहेका छन्।

त्यस्तै प्रिमियम ब्रान्डमा टेस्ला, अउडी, बीएमडब्लू, पोर्सासम्मका विद्युतीय कार नेपाली बजारमा आयात भइरहेको छ। 


प्रकाशित : सोमबार, साउन ७ २०८११६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend