बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

जुम्लाको पुँजीगत खर्च ७८ प्रतिशत

images
सोमबार, साउन ७ २०८१
images
जुम्लाको पुँजीगत खर्च ७८ प्रतिशत

असारभित्र मात्र जिल्लाको पुँजीगत खर्च ४१ दशमलव ४१ प्रतिशत भएको छ।

images
images

जुम्ला- संघीय सरकारबाट प्राप्त जुम्लाको पुँजीगत खर्च ७८ दशमलव ९६ प्रतिशत भएको छ।

images
images
images

संघबाट पुँजीगततर्फ ६ अर्ब ८२ करोड ५९ लाख विनियोजन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख हंसराज शाहीले जानकारी दिए। संघीय सरकारले चालु खर्चका लागि पाँच अर्ब २२ करोड पाँच लाख रूपैयाँ विनियोजन गरेकोमध्ये ९२ दशमलव ७८ प्रतिशत खर्च भएको छ।

images
images

विनियोजित कुल बजेटको जम्मा ८८ दशमलव ७२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख शाहीको भनाइ छ। असारभित्र मात्र जिल्लाको पुँजीगत खर्च ४१ दशमलव ४१ प्रतिशत भएको छ।

images
images

असारमा चालु खर्च १३ दशमलव १३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाले जनाएको छ। जिल्लाका  सरकारी कार्यालयले बजेट कार्यान्वयनमा सुधार गरेको छ। रासस


प्रकाशित : सोमबार, साउन ७ २०८११६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend