बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

कैलालीमा २८९ उद्योग बन्द

images
सोमबार, साउन ७ २०८१
images
कैलालीमा २८९ उद्योग बन्द

महिलाका नाममा प्राइभेट फार्म दर्तामा छुटको व्यवस्था गरिएसँगै पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरुपमा बढ्दै गएको छ।

images
images

कैलाली- जिल्लामा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन्। कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।

images
images
images

कतिपय उद्योग सञ्चालक रोजगारीका लागि वैदेशिक रोजगारीमा गएकोसमेत देखिएको छ। कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले खाने तेल, सिमेन्ट ब्लक, पोल्ट्रीफार्म, ब्युटी पार्लरजस्ता घरेलु उद्योग बन्द भइ खारेजीमा परेको जानकारी दिए।

images
images

पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरुपमा बढ्दै गएको छ। महिलाका नाममा प्राइभेट फार्म दर्तामा छुटको व्यवस्था गरिएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको हो।

images
images

एक करोड सम्मको कुल पुँजी भएका निजी फार्म महिलाका नाममा दर्ता गर्दा शुल्कमा छुटको कानूनी व्यवस्था गरिँदा उद्योगमा महिलाको स्वामित्व उल्लेख्य रुपमा बढेको जोशीले बताए।

कैलालीमा हालसम्म १५ हजार चार सय ८६ उद्योग दर्ता छन्। उद्योग कार्यालयमा अहिलेसम्म उत्पादनमूलक तीन हजार दुई सय आठ, कृषिसम्बन्धी छ हजार पाँच सय १४, निर्माणसम्बन्धी दुई, पर्यटनमूलक ६५, सूचना प्रविधिमूलक १२, सेवामूलक पाँच हजार छ सय ८५ गरी १५ हजार चार सय ८३ उद्योग दर्ता भएका छन्।

अहिलेसम्म दर्ता भएका उद्योगमा २५ अर्ब ७० करोड ३७ लाख रूपैयाँ लगानी प्रस्ताव गरिएको छ। ती उद्योगमा नौ हजार दुई सय ११ महिला र ६९ हजार छ सय ५७ पुरुषलाई रोजगारी प्रस्ताव गरिएको जनाइएको छ।

गत आव २०८०/८१ मा उत्पादनमूलक एक सय ३५, कृषिमूलक तीन सय २३, सेवामूलक दुई सय ५६ गरी जम्मा सात सय १४ उद्योग दर्ता भएको लेखा अधिकृत जोशीले बताए। गत आवमा एक करोड ७७ लाख ४४ हजार सात सय ७७ रूपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आव २०७९/०८० मा एक हजार एक सय सय ९७ उद्योग दर्ता भएकामा कार्यालयले ५२ लाख १६ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। 

अघिल्ला आव भन्दा गत आव २०८०/८१ मा उद्योग दर्तामा कमी आएको छ। लेखा अधिकृत जोशीले अघिल्लो आवको तुलनामा गत आव २०८०/८१ मा करको दर बढेसँगै वाणिज्य कार्यालयले दर्ता गर्ने पसललगायतका काम गत आवदेखि घरेलु तथा साना उद्योग कार्यालयले गर्दा राजूस्व संकलनमा वृद्धि भएको बताए। रासस


प्रकाशित : सोमबार, साउन ७ २०८११५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend