बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

लगातार दोस्रो वर्ष घट्यो आयात

images
सोमबार, साउन ७ २०८१
images
लगातार दोस्रो वर्ष घट्यो आयात

सामान्यतया एक वर्ष आयात घटेपछि पछिल्लो वर्ष बढ्ने गरेको थियो तर गएको वर्ष ऋणात्मक दरले नै निरन्तरता पाएको छ।

images
images

काठमाडौं- लगातार दोस्रो वर्ष पनि आयात घटेको छ। आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा घटेपछि लगातार दोस्रो वर्ष आयात घटेको हो। 

images
images
images

जस्तोसुकै संकटमा पनि आयातको ऋणात्मक दर दोहोरिने गरेको थिएन तर गत वर्ष भने दोहोरिएको छ। यसअघि २०५५/५६ मा आयात  लगातार दोस्रो वर्ष पनि घटेको थियो। 

images
images

भन्सार विभागका अनुसार २०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा १.१६ प्रतिशतले न्यून हो। २०७९/८० मा १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो। उक्त वर्ष पनि १६ प्रतिशतले आयात घटेको थियो। 

images
images

सामान्यतया एक वर्ष आयात घटेपछि पछिल्लो वर्ष बढ्ने गरेको थियो तर गएको वर्ष ऋणात्मक दरले नै निरन्तरता पाएको छ। 

आयातसँगै निर्यात पनि घटेको छ। विभागको तथ्यांकअनुसार निर्यात ३ प्रतिशतले घटेको छ। १ खर्ब ५२ अर्ब रुपैयाँकोमात्र निर्यात भएको छ।

आयात निर्यात नै घटेपनि वैदेशिक व्यापारमा आयातको हिस्सा ठूलो भएकाले आयात घट्दा त्यसको प्रभाव व्यापार सन्तुलनामा देखिएको छ। गत वर्ष वैदेशिक व्यापार घाटामा सीमान्त सुधार देखिएको छ। 

यस अवधिमा कुल वैदेशिक व्यापार १.३३ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

गत आर्थिक वर्षको जेठमा सबैभन्दा धेरै १ खर्ब ५० अर्ब रुपैयाँ वस्तु आयात भएको थियो। जेठपछि सबैभन्दा धेरै आयात गत असोजमा करिब १ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको भएको थियो। गत असारमा भने १ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। 

अन्तर्राष्ट्रियस्तरमा मूल्यस्तरमा आएको कमी र आन्तरिक माग घटेका कारण समग्र वस्तुको आयात घटेको हो।

आयातमा आएको कमीले अर्थतन्त्रमा शिथिलता सृजना भइ बैंकिङ कर्जा मागमा कमी र सरकारी राजस्वमा कमी आएको छ। व्यापार चक्र प्रभावित भइ व्यावसायिक मनोबल खस्किएको छ।


प्रकाशित : सोमबार, साउन ७ २०८११५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend