बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

प्रयोग नगरेको विद्युत् महसुल तिर्नुपर्दैन : प्रधानमन्त्री ओली

images
सोमबार, साउन ७ २०८१
images
प्रयोग नगरेको विद्युत् महसुल तिर्नुपर्दैन : प्रधानमन्त्री ओली

'मैले उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन', प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा भने।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा सदनलाई जानकारी गराएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलत रुपमा आजको बैठकमा प्रश्न उठाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुटको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्ति दिन आग्रह गरे।

images
images

उद्योगहरुबाट बिजुली प्रयोग भइ बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत् महसुल तिर्नु नपर्ने उनको भनाइ थियो।

images
images

'मलाई कुनै लप्पन छप्पन गर्नु छैन। मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन। देश र जनताका हितका पक्षमा निष्ठाका साथ ६ दशकदेखि काम गर्दै आएको छु। अब पनि त्यही गर्छु', प्रधानमन्त्री ओलीले भने, 'मैले उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन। माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरीमा रहँदैन। कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन। राजनीतिक कुरा राजनीतिकरुपमा लिऔँ। आवेग, उत्तेजना र आरोप प्रत्यारोपमा नआऔँ। सदन सदन जस्तै होस्।' रासस


प्रकाशित : सोमबार, साउन ७ २०८११५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend