काठमाडौं- नेपालको पहिलो पुस्ताका होटेलियर श्यामबहादुर पाण्डेको निधन भएको छ। काठमाडौंमा स्थापना भएको होटल सांग्रिलाका संस्थापक पाण्डेको आज निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
विस २०१८ सालमा काठमाडौंमा होटल स्थापना गरेका पाण्डेले विभिन्न व्यवसायमा हात हालेका थिए। आफ्नै जीवनकालमा होटललाई पाँचतारे स्तरमा पुर्याएका थिए।
पछिल्लो समय पाण्डेका छोराहरूले होटल व्यवस्थापन गरिरहेका थिए। अहिले भने सांग्रिलाका तीनवटै प्रोपर्टीमा आईजीएचको व्यवस्थापन हुने भएको छ।
नेपालको पहिलो पुस्ताका होटेलियर मानिने पाण्डेको निधनमा पर्यटन व्यवसायीहरूले दु:ख व्यक्त गरिरहेका छन्।