बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

मेची भन्सार कार्यालयद्वारा १४ अर्ब २३ करोड राजश्व संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ७ २०८१
images
मेची भन्सार कार्यालयद्वारा १४ अर्ब २३ करोड राजश्व संकलन

मेसिनरी उपकरण ६६ दशमलव १० प्रतिशत, दाल १८ दशमलव छ प्रतिशत, इलेक्ट्रिक उपकरण ३० दशमलव ३४ प्रतिशत र  फलाम २२ दशमलव प्रतिशतले आयात बढेको छ।

images
images

झापा- पूर्वीनाका काँकडभिट्टाबाट भारत, बंगलादेशलगायत देशसँग हुने व्यापारघाटा २० अर्ब ३५ करोड ३० लाख ४० हजार रुपैयाँ पुगेको छ।

images
images
images

मेची भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो।

images
images

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतलले कम हुँदा निर्यात भने १० दशमलव ७१ प्रतिशतले बढेको छ। उनका अनुसार आव २०७९/८० मा ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार आयात र २२ अर्ब चार करोड १८ लाख ९३ निर्यात रहेको थियो।

images
images

गत आवमा पेट्रोलियम पदार्थ चार दशमलव ५१ प्रतिशत, जुट सात दशमलव २५ प्रतिशत, जिप्सम छ दशमलव ५७ प्रतिशत, तरकारी १७ दशमलव ८५ प्रतिशत, अलडिड रेजिन पाँच दशमलव ६९ प्रतिशतले आयात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए।

मेसिनरी उपकरण ६६ दशमलव १० प्रतिशत, दाल १८ दशमलव ६ प्रतिशत, इलेक्ट्रिक उपकरण ३० दशमलव ३४ प्रतिशत र फलाम २२ दशमलव प्रतिशतले आयात बढेको छ।
 
मेची भन्सार कार्यालयबाट निर्याततर्फ सबैभन्दा धेरै भेनियस सिट एक हजार दुई सय ५३ दशमलव ९७ प्रतिशतले बढ्दा प्लाइउड ५५ दशमलव ३८ प्रतिशत, छुर्पी २९ दशमलव ७९ प्रतिशत, अम्रिसो ३० दशमलव १२ प्रतिशत, अदुवा-सुठो २१ दशमलव ६८ प्रतिशतले निर्यात बढेको छ।

अलैँची, चिया, धातुका अन्य अवशेषको निर्यात भने घटेको मेची भन्सार कार्यालयले जनाएको छ। सूचना अधिकरी कँडेलका अनुसार गत आव २०८०/८१ मा मेची भन्सार कार्यालयले १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व संकलन गरेको छ। रासस


प्रकाशित : सोमबार, साउन ७ २०८११०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend