आइतबार, भदौ २३ गते २०८१    
images
images

अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ७ २०८१
images
images
अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो

उक्त क्षेत्रमा स-साना पहिरो गइरहने भएकाले तत्काल पहिरो पन्छाउन स्काभेटरलाई ‘स्याण्डबाई’ राख्दै आइएको छ।

images
images

काभ्रेपलाञ्चोक- वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ। उक्त राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो।
 
अवरुद्ध रोशी-मङ्गलटार सडकखण्ड आज सोमबार बिहानेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

images
images
images

राजमार्गको माम्तीखोला र भ्याकुरेखोलाको बाढी तथा मङ्गलटार क्षेत्रका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। अहिले पनि सुरक्षाकर्मी परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ।
 
सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। उनका अनुसार दिउँसोसम्ममा दुईतर्फी यातायात सञ्चालन गराइनेछ।

गत असार अन्तिम साता पनि उक्त सडकखण्ड अवरुद्ध भएको थियो। उक्त क्षेत्रमा स-साना पहिरो गइरहने भएकाले तत्काल पहिरो पन्छाउन स्काभेटरलाई ‘स्याण्डबाई’ राख्दै आइएको छ। रासस


प्रकाशित : सोमबार, साउन ७ २०८११०:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend