शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

विदेशी मुद्रा आर्जन हुने देशमा बैंकको शाखा विस्तार गर्नुपर्छ : चन्द्र ढकाल

images
आइतबार, पुस १८ २०७८
images
विदेशी मुद्रा आर्जन हुने देशमा बैंकको शाखा विस्तार गर्नुपर्छ : चन्द्र ढकाल
images
images

काठमाडौं- ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा बैंकले शाखा विस्तार गर्नुपर्ने बताएका छन्।  

images
images
images

आइतबार ग्लोबल आईएमई बैंकको १५ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका हुन्। उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग औपचारिक रुपमा नेपालमा विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई विदेशमा शाखा खोल्न अनुमति दिनका लागि आग्रह पनि गरे।

images
images

ढकालले राष्ट्र बैंकले डलरमा खाता खोल्ने नीति ल्याउनु राम्रो भएको भन्दै यसलाई कार्यान्वयनमा लैजान बढी विदेशी मुद्रा आर्जन हुने देशहरूमा शाखा संचालनको अनुमति दिन माग गरेका हुन्। 

images
images

'भर्खर भर्खर नेपाल राष्ट्र बैंकले जुन एउटा डलरमा खाता खोल्ने पोलिसी ल्याएको छ त्यसका लागि धन्यबाद छ। यो पोलिसीलाई कार्यान्वयनमा ल्याउनलाई जहाँ राम्रो विदेशी मुद्रा आर्जन गर्नसक्ने वा धेरै पैसा विदेशी मुद्रामा आर्जन गर्ने ठाउँ छ त्यहाँ शाखा सञ्चालन गर्न हामी सहयोग गर्नेछौँ' उनले भने। 

ढकालले बैंकले हाल औपचारिक रुपमा विदेशी मुद्रा नेपाल भित्र्याउन केही मुलुकमा शाखाको रुपमा सम्पर्क कार्यालयहरू सञ्चालन गरिरहे पनि त्यसले पर्याप्त नहुने बताए।


प्रकाशित : आइतबार, पुस १८ २०७८१३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend