आइतबार, भदौ २३ गते २०८१    
images
images

नयाँ विद्युतीय एसयूभी जेको जे सिक्स तातोपानी भन्सार आइपुग्यो

images
सोमबार, साउन ७ २०८१
images
images
नयाँ विद्युतीय एसयूभी जेको जे सिक्स तातोपानी भन्सार आइपुग्यो

जेको जे सिक्स मोडललाई दुई ड्राइभिङ सिस्टममा उत्पादन गरेको छ। तर तत्काललाई नेपाली बजारमा भने एउटा मोटल आउनेछ।

images
images

काठमाडौं- नयाँ चिनियाँ विद्युतीय एसयूभी ब्रान्ड जेको नेपाल आइपुगेको छ। सारडा समूहअन्तर्गतको एसपीजी अटोमोबाइलले सो जेको ब्रान्डका विद्युतीय एसयूभी भित्र्याएको हो। 

images
images
images

लाइफ स्टाइल एसयूभीका रुपमा चित्रण गरिएको जेकोको 'जे सिक्स' विद्युतीय एसयूभी आइतबार तातोपानी भन्सार आइपुगेको हो। जाँचपास लगायत प्रक्रिया पूरा गरेर जेको जे सिक्स यसैसाता काठमाडौं आइपुग्ने छ। 

जेको जे सिक्सलाई कम्पनीले अफरोड मोडलका रुपमा विकास गरेको हो। जेको जे सिक्स एसयूभी चेरीकै अर्को सब ब्रान्ड आई कारबाट प्रेरित रहेको छ। जेको जे सिक्सको लम्बाई ४४ सय ६ एमएम, चौडाई १९ सय १० एमएम र उचाई १७ सय १५ एमएम छ। यो विद्युतीय एसयूभीमा २७ सय १५ एमएम लामो ह्वीलवेस रहेको छ। 

जेको जे सिक्स मोडललाई दुई ड्राइभिङ सिस्टममा उत्पादन गरेको छ। तर तत्काललाई नेपाली बजारमा भने एउटा मोटल आउनेछ। 

images
jaecoo j6 1.jfif

जेको जे सिक्समा विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ब्याट्री प्रयोग गरिएको छ। जे सिक्समा सीएटीएलले उत्पादन गरेको ६९.८ किलोवाट आवरको ब्याट्री उपलब्ध छ। जे सिक्सले एक पटाकको फुल चार्जमा ५ सय किलोमिटर गुडाउन सकिने छ। यो रेन्ज सीएलटीसीले प्रमाणित गरेको हो।

परीक्षणका लागि ल्याइएको जेको जे सिक्समा १ सय ३५ किलोवाट पिक पावरको मोटर जडान गरिएको छ। यो विद्युतीय एसयूभी रियर ह्वील ड्राइभ अप्सनको हो र यसमा सिंगल मोटर जडान गरिएको छ। जेकोले अल ह्वील ड्राइभ र डुअल मोटरसहितका एसयूभी पनि उत्पादन गरिरहेको छ। क्रमिक रुपमा अन्य मोडल पनि नेपाल आउनेछ। 

आधुनिक विशेषताले भरिएको जेको जे सिक्सको इन्टेरियर पनि निकै आकर्षक र भब्य हुनेछ। ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, क्रिष्टल ड्राइभ मोड सेलेक्टर, छतमा दिइएको सोलार प्यानललगायत विशेषता रहेका छन्। यो विद्युतीय एसयूभीमा आधुनिक विशेषको रुपमा आएको एडीएएस पनि उपलब्ध रहेको छ। 

जेको जे एस आइनसकेकाले यसका अन्य विशेषताबारे कम्पनीले जानकारी गराएको छैन। त्यस्तै परीक्षण्का लागि ल्याइएकाले यो कारको मूल्य बारे समेत केही बताइएको छैन। 

एसपीजी अटोमोबाइलले हाल ओमोडाको विद्युतीय कार ई फाइभ बिक्री गर्दै आएको छ। त्यस्तै चेरी ब्रान्डका आईसीई कार पनि बिक्री गर्दै आएको छ। तर पछिल्लो सयम कम्पनीले विद्युतीय कार बिक्रीलाई केन्द्रित गरेको छ।

jaecoo j6 2.jfif

जेको ब्रान्डबारे

चिनियाँ अटोमोबाइल जायन्ट चेरी अटोमोबाइलको सब ब्रान्डका रुपमा जेको २०२३ मा स्थापना भएको थियो। चेरीले एसयूभी सवारी उत्पादन गरेर विश्व बजारमा निर्यात बढाउन जेको ब्रान्ड स्थापना गरेको हो। २०२४ को सुरुवातबाट उक्त ब्रान्डका सवारी निर्यात सुरु भएको थियो। 

२०२३ को अप्रिलमा चेरी अटोमोबाइलले अनह्वी ओमोडा जेको अटोमोबाइल कम्पनी लिमिटेड स्थापना गरेको थियो। विश्व बजारको आवस्यकता र परिस्क्रित प्रविधिमा आधारित विद्युतीय सवारी उत्पादनमा ओमोडा र जेको ब्रान्ड केन्द्रित छ। 

हाल जेको ब्रान्डका तीन वटा मोडलका विद्युतीय एसयूभी उत्पादन गरिरहेको छ। जेको जे सिक्स, जे सेभेन र जे नाइन उत्पादन भइरहेको छ। एसपीजी अटोमोबाइलले सुरुवाती चरणमा जे सिक्स नेपाल ल्याएको हो। यो मोडलको परीक्षण सफाल भएसँगै कम्पनीले बिक्रीका लागि ल्याउने छ। त्यस्तै कम्पनीले अन्य मोडलहरु पनि ल्याउने जनाएको छ। 


प्रकाशित : सोमबार, साउन ७ २०८१०९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend