बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

निकुञ्ज प्रभावितलाई दुई करोडभन्दा बढी राहत

images
आइतबार, साउन ६ २०८१
images
images
निकुञ्ज प्रभावितलाई दुई करोडभन्दा बढी राहत

भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र सोबापत ९१ हजार रूपैयाँ राहत बुझाइएको निकुञ्जको तथ्यांकमा उल्लेख छ।

images
images

चितवन- चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई दुई करोड दुई लाख १७ हजार सातसय दुई रूपैयाँ राहत प्रदान गरिएको छ। निकुञ्जले आठ सय १३ वटा घटनाका प्रभावितलाई सो रकम वितरण गरेको हो।

images
images

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षको विभिन्न समयमा वन्यजन्तुले पुर्‍याएको क्षतिको मूल्यांकन गरी राहत रकम वितरण गरिएको हो। उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई  एक करोड रूपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ।

images
images

यस्तै गम्भीर घाइते भएका २४ जनाको परिवारलाई ३२ लाख ४४ हजार एक सय ७४ रूपैयाँ र सामान्य घाइते भएका २३ जनाको परिवारलाई दुई लाख ४५ हजार चारसय ६८ रूपैयाँ हस्तान्तरण गरिएको छ। 

images
images
images

उनका अनुसार वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन्। उनीहरुमध्ये हात्तीको आक्रमणबाट १३ जना, गैँडाको आक्रमणबाट २० जना, बाघको आक्रमणबाट सातजना, भालुको आक्रमणबाट पाँच जना, बँदेलको आक्रमणबाट एकजना र गौरीगाईको आक्रमणबाट एकजना घाइते भएका थिए।

यसैगरी गैँडाको आक्रमणबाट पाँच जना, बाघको आक्रमणबाट तीन जना र मगर गोहीको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले बताए। गत आवमा एकसय ८७ वटा पशु धनमा जनावरका कारण क्षति पुगेको छ। त्यसका लागि २४ लाख ९१ हजार सातसय १० रूपैयाँ राहत रकम प्रदान गरिएको छ।

भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र सोबापत ९१ हजार रूपैयाँ राहत बुझाइएको निकुञ्जको तथ्यांकमा उल्लेख छ।

वन्यजन्तुले ३३ वटा घरगोठमा क्षति पुर्‍याएको उनले बताए। घरगोठ क्षतिबापत पाँच लाख ३५ हजार नौ सय ७५ रूपैयाँ राहत वितरण गरिएको छ। अन्नबालीमा पाँचसय २४ पटक क्षति भएको र ३६ लाख नौ हजार तीनसय ७५ रूपैयाँ राहत रकम हस्तान्तरण गरिएको तिवारीले बताए। रासस


प्रकाशित : आइतबार, साउन ६ २०८११८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend