बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशंका छ : सभापति लामिछाने

images
आइतबार, साउन ६ २०८१
images
भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशंका छ : सभापति लामिछाने

'जहाँ जहाँ हामीले  भ्रष्टाचारका विषय उठायौँ त्यहाँ त्यहाँ पुरस्कार दिएको देखियो। त्यसैले भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा हामीलाई आशंका छ', उनले भने।

images
images

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा उहाँले बजेट पास भएको दुई महिनाभित्र विगतका विभिन्न २५ वटा काण्डको फाइल अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्ने अघिल्लो सरकारको निर्णयलाई निरन्तरता दिन आग्रह गरे।

images
images

उनले भने, 'जहाँ जहाँ हामीले  भ्रष्टाचारका विषय उठायौँ त्यहाँ त्यहाँ पुरस्कार दिएको देखियो। त्यसैले भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा हामीलाई आशंका छ।'

images
images

सभापति लामिछानेले सदनका दुई ठूला राजनीतिक दलबीचको समीकरणले लोकतन्त्रको मूल्य र मान्यता जोगाउन सक्नुपर्नेतर्फ सचेत गराए। उनले सदन आरोप प्रत्यारोप र हिलो छ्याप्ने थलो बनेको गुनासो गरे। सभापति लामिछानेले उपसभामुख इन्दिरा राना मगरलाई बिनाप्रमाण मानव तस्करको आरोप लगाइएकामा आपत्ति जनाए।

'उपसभामुख इन्दिरा राना मगरलाई एउटा विषय आउनेबित्तिकै यो सम्मानित सदनमा मानव तस्करको आरोप लगाउने गरी हामी निर्मम भयौँ', उनले भने, 'विरोध गर्नूस्, पाइन्छ। विषय उठेको छ तर प्रमाणित भएको छैन।'

निवर्तमान उपप्रधान एवं गृहमन्त्री लामिछानेले सदनलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने जानकारी दिँदै सरकारले भ्रष्टाचारको मुद्दामा निष्पक्ष छानबिन गर्नेमा आशंका व्यक्त गरे। उनले रास्वपा सक्षम प्रतिपक्ष बन्ने दाबीसमेत गरे। रासस


प्रकाशित : आइतबार, साउन ६ २०८११७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend