आइतबार, भदौ २३ गते २०८१    
images
images

बियरिसबाट ३५ महिनापछि सेयर बजार बुलिसतर्फ, बैंकिङ समूह उचालिँदा अब कीर्तिमान बन्ने संकेत

images
आइतबार, साउन ६ २०८१
images
images
बियरिसबाट ३५ महिनापछि सेयर बजार बुलिसतर्फ, बैंकिङ समूह उचालिँदा अब कीर्तिमान बन्ने संकेत

जसका कारण लाखौँ लगानीकर्ताको अर्बौँ लगानी फसेको थियो। बियरिस सुरु भएको ३५ महिनापछि बल्ल बजार बुलिसतर्फ केन्द्रित हुने देखिएको छ। अहिले पछिल्लो समयको वृद्धि पनि कीर्तिमानतर्फ जान खोजेको जस्तो देखिएको छ।

images
images

काठमाडौं- सेयर बजार लगातार उचाइतर्फ बढिरहेको छ। गएको साता २१९.६९ अंकको वृद्धि देखिएको बजारमा त्यसअघिका दुईसाता पनि क्रमश: ८४.९ र ६७.७५ अंकको वृद्धि देखिएको थियो। गएको साता सोमबारको कारोबारमा १७.१८ अंकको करेक्सन देखिएपछि त बजारले लगातार ठूलो अंकको वृद्धि लिइरहेको छ। 

images
images
images

यो साता पहिलो दिनको कारोबारमा आइतबार ६१.६१ अंकले बजार बढेर २४८५.९४ बिन्दुमा पुगेको छ। नयाँ गठबन्धन सरकार र अर्थमन्त्रीका रुपमा एमाले उपाध्यक्ष विष्णु पौडेल आएयता सेयर बजारमा विश्वासको वातावरण देखिएको छ। 

अहिले देखिएको वृद्धितर्फको यो लयसँगै २०७८ यता पहिलो पटक बजारमा उभार देखिएको छ। लगानीकर्ता उत्साही देखिएका छन्। सोही कारण कारोबार पनि १५ अर्ब रुपैयाँभन्दा माथि पुगिरहेको छ। आइतबार पनि बजारमा १५ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ।

२०७८ भदौ २ गते नेप्से परिसूचक ३१ सय ९९ बिन्दुमा पुगेर कीर्तिमान कायम भएको थियो। त्यसपछि बजार बियरिसतर्फ गएको थियो। जसका कारण लाखौँ लगानीकर्ताको अर्बौँ लगानी फसेको थियो। बियरिस सुरु भएको ३५ महिनापछि बल्ल बजार बुलिसतर्फ केन्द्रित हुने देखिएको छ। अहिले पछिल्लो समयको वृद्धि पनि कीर्तिमानतर्फ जान खोजेको जस्तो देखिएको छ। 

images

सेयर बजारको पछिल्लो वृद्धिको ट्रेण्ड भने बदलिन खोजेको जस्तो देखिएको छ। विगतमा साना कम्पनीमा ठूला लगानीकर्ताहरूले बढी इन्साइडर ट्रेडिङ गराएर बढाउने-घटाउने गर्दै आएका थिए। तर यसपटक भने सेयर बजारमा ठूला र राम्रा कम्पनीमा  लगानीकर्ताको आकर्षण देखिनुले नयाँ उचाइ लिने आँकलनहरू गरिएको छ।  

केही दिनयता बैंकिङ समूहको सेयर बजारमा उच्च वृद्धि देखिएको छ। बैंकिङ समूहमा अघिल्लो बुलमा समेत खासै वृद्धि देखिएको थिएन। यो वर्षको नयाँ बुल बैंकिङ सेक्टरबाट सुरु भएको अनुमान लगानीकर्ताहरूले गरेका छन्। 

लाभांश दिने क्षमता हुँदा पनि सस्तो मूल्यमा बैंकको सेयर आएकोले बैंकिङ सेक्टरको सेयर बजार उच्च अंकले लगातार बढिरहेको छ। आइतबार ३.८६ अंकले बढेर इन्डेक्स १४१४.८७ बिन्दुमा पुगेको छ। आइतबारमात्रै बैंकिङ समूहले ५२.७० अंकले बढेको छ। आइतबार हिमालनय बैंकको सेयर ९.९९ प्रतिशतले वृद्धि भएको छ। हिमालयन बैंकको सेयर प्रतिकित्ता २२.६० रुपैयाँले बढेर २४८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर मूल्य ९.४९ प्रतिशतले बढेर २१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिकित्ता १८.९० रुपैयाँले बढेको छ।

त्यस्तै कुमारी बैंकको सेयर मूल्य प्रतिकित्ता १६.४० रुपैयाँले बढेर १९४.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। जुन ९.२१ प्रतिशतले वृद्धि भएको छ।

प्राइम कमर्सियल बैंकको पनि ८.४३ प्रतिशले बढेर २७६.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ।  प्रभु बैंकको २०४.६ रुपैयाँमा कारोबार भएको छ। गत महिनासम्म १४३ रुपैयाँ रहेको सेयर मूल्य केही सातामै बढेर २०४ रुपैयाँ रहेको छ। प्रभु बैंकको आइतबार मात्रै १४.६० रुपैयाँले बढेको छ। 

एनएमबी बैंकको पनि सेयर ५.५३ प्रतिशतले बढेर २४८ रुपैयाँ पुगेको छ। आइतबार एनएमबी बैंकको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँ ले बढेको छ। नबिल बैंकको पनि प्रतिकित्ता १० रुपैयाँ बढेर सेयर ५७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। एभरेष्ट बैंकको पनि ४.८० रुपैयाँले सेयर मूल्य बढेको छ। 

आइतबार बैंकिङमात्र नभएर सबै समूह नै बढेको छ। माइक्रो फाइनान्सतर्फ १.६१ प्रतिशतले बढेर ५ हजार १ सय ५९.९५ बिन्दुमा पुगेको छ। त्यस्तै हाइड्रो पावरतर्फ पनि १.३७ प्रतिशतले बढेर २ हजार ९ सय ८५.२८ बिन्दुमा पुगेको छ। विकास बैंक समूहतर्फ १.४१ प्रतिशतले बढेर ४ हजार ९ सय ७.३१ बिन्दुमा पुगेको छ।

त्यस्तै उत्पादनमूलकतर्फ २.२९ प्रतिशतले बढेर ७ हजार १ सय ६९.१४ बिन्दुमा पुगेको छ। ननलाइफ इन्स्योरेन्सतर्फ पनि ०.६५ प्रतिशतले बढेर ११ हजार ९ सय २४.३७ बिन्दुमा पुगेको छ।

लाइफ इन्स्योरेन्सतर्फ पनि १.५२ प्रतिशतले बढेर ११ हजार ४ सय ७५.०३ बिन्दुमा पुगेको छ। सबै समूहको सेयर बजार लगातार बढिरहेकोले सेयर बजार बुलिसतर्फ गएको संकेत देखिएको छ। 


प्रकाशित : आइतबार, साउन ६ २०८११७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend