आइतबार, भदौ २३ गते २०८१    
images
images

प्रधानमन्त्री ओलीलाई वर्षमानको प्रश्न : के देश बिचौलियाले चलाउन खोजेको हो?

images
आइतबार, साउन ६ २०८१
images
images
प्रधानमन्त्री ओलीलाई वर्षमानको प्रश्न : के देश बिचौलियाले चलाउन खोजेको हो?

सांसद वर्षमान पुनले गिरीबन्धु टी स्टेट र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाही अगाडि बढाएपछि प्रचण्ड सरकार ढलेको दाबी गरे।

images
images

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले देश नेताहरुले नभइ बिचौलियाहरुले चलाउने खतरा बढेको बताएका छन्।

images
images
images

प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताए। धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले चलखेल गरेको र त्यसमा ओलीले बिचौलियालाई साथ दिएको संकेत उनको थियो। 

आफूभन्दा अघि अर्थमन्त्री भएका कांग्रेस नेता डा. प्रकाशशरण महत र आफूले बिचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले के गर्छन् भन्ने हेर्ने बताए।

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नलाई मभन्दा अगाडिको अर्थमन्त्रीले कोसिस गर्नुभयो। मैले पनि सकिनँ। अब अहिलेको अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ। म यहाँ नढाँटिकन आमजनताका अगाडि भन्न चाहन्छु कि यो देश राजनीतिक दलले र नेताहरुले चलाउने हो कि बिचौलियाहरुले?’, उनले भने, ‘यो जवाफ छिट्टै प्रधानमन्त्रीज्यूले दिनुहुनेछ। मेरो अपेक्षा नेताहरुले त्याग गर्नुभएको छ। बलिदान गर्नुभएको छ। जेल पर्नुभएको छ। युद्ध सबैबाट आउनुभएको छ। नेताहरुले देश चलाइदिनुस्। पार्टीहरुले देश चलाइदिनुस्। बिचौलियाहरुले होइन।’ 

images

पुनले आफ्ना पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारका मुद्दामा छानबिन र कारबाही अगाडि बढाएपछि कांग्रेस-एमाले मिलेको टिप्पणी गरे। उनले गिरीबन्धु टी स्टेट र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाही अगाडि बढाएपछि सरकार ढलेको दाबी गरे।

प्रतिपक्षमा रहँदा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गिरीबन्धुको विषय उठाएको र परिवर्तित सन्दर्भमा पनि एजेण्डा छाड्दैनौँ भनेको चर्चा गर्दै अब के हुन्छ भन्नेमा कांग्रेसलाई पनि प्रश्न उठाइने जनाए।

‘कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको विभिन्न फाइलहरु खोज्ने, छानबिन गर्न गर्दा त्यसैगरी नक्कली भुटानी शरणार्थीलगायत गिरीबन्धु टी स्टेटसम्मका कुराहरु उठ्दै गर्दा नेपाली कांग्रेसका महामन्त्रीज्यूहरुले हाम्रा एजेण्डाहरु छाड्दैनौँ भन्नुभएको छ। त्यसमा निश्चय पनि नेपाली कांग्रेसलाई पनि प्रश्न हुन्छ’, उनले भने।


प्रकाशित : आइतबार, साउन ६ २०८११६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend