बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

जुनसुकै कालखण्डको भ्रष्टाचारको छानबिन हुन्छ : प्रधानमन्त्री

images
आइतबार, साउन ६ २०८१
images
जुनसुकै कालखण्डको भ्रष्टाचारको छानबिन हुन्छ : प्रधानमन्त्री

सरकारले सहकारी ठगलाई कानूनको कठघरामा उभ्याएरै छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता व्यक्त गरे।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले  जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गरी दोषीउपर कारबाही गरिने बताएका छन्।

images
images
images

प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताए। उनले सुशासनका पक्षमा आफ्नो नेतृत्वको सरकार दृढताका साथ अगाडि बढ्ने स्पष्ट पारे।

images
images

भ्रष्टाचारी एकदिन कानूनको कठघरामा पुग्ने विश्वास समाजमा स्थापित गराइने प्रधानमन्त्री ओलीको भनाइ थियो।

images
images

सरकारले सहकारी पीडितका सन्दर्भमा उचित निर्णय लिने र सहकारी ठगलाई कानूनको कठघरामा उभ्याएरै छाड्ने उनले प्रतिबद्धता व्यक्त गरे। रासस


प्रकाशित : आइतबार, साउन ६ २०८११४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend