आइतबार, भदौ २३ गते २०८१    
images
images

बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशतभन्दा बढी बजेट ‘फ्रिज’

images
आइतबार, साउन ६ २०८१
images
images
बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशतभन्दा बढी बजेट ‘फ्रिज’

आर्थिक वर्ष २०८०/८१ मा बाँकेमा संघअन्तर्गतका कार्यालयहरूले ८६ दशमलव ६४ प्रतिशत पुँजीगत बजेट खर्च गरेका छन्।

images
images

राँझा- बाँकेमा गत आव २०८०/८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बढी बजेट ‘फ्रिज’ भएको छ। प्रदेश सरकारअन्तर्गतका कार्यालयले बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको हो।

images
images
images

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारबाट बाँकेका लागि कुल तीन अर्ब ६० करोड ९२ लाख ५६ हजार रूपैयाँ बजेट विनियोजन भएकामा ६८ दशमलव ९६ प्रतिशत दुई अर्ब ४८ करोड ८८ लाख १२ हजार पाँचसय ९० रूपैयाँमात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारले पुँजीगत खर्चतर्फ दुई अर्ब २२ करोड ८२ लाख २२ हजार रूपैयाँ विनियोजन गरेकामा ६८ दशमलव ८५ प्रतिशत अर्थात् एक अर्ब ५३ करोड ४१ लाख ७८ हजार चारसय १४ रूपैयाँ खर्च भएको हो।

चालुतर्फ ६९ दशमलव १२ प्रतिशत खर्च अर्थात् विनियोजित बजेट एक अर्ब ३८ करोड १० लाख ३४ हजार रूपैयाँमध्ये ९५ लाख ४६ हजार ३४ हजार एक सय ७५ रूपैयाँमात्रै खर्च भएको छ।

images

प्रदेश सरकारले गत आव २०८०/८१ मा अघिल्ला दुई आवको तुलनामा बजेट कम खर्च गरेको हो। आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सरकारले चालु तर्फ ७५ दशमलव ५१ प्रतिशत, पुँजीगततर्फ ७८ दशमलव शून्य दुई प्रतिशत र कुल बजेटको ७६ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको थियो।

त्यस्तै आव २०७९/८० मा कुल बजेटको ७३ दशमलव ११ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले चालुतर्फ ७१ दशमलव ६२ र पुँजीगत तर्फ ७४ दशमलव शून्य आठ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक भण्डारीले बताए।

आर्थिक वर्ष २०८०/८१ मा बाँकेमा संघअन्तर्गतका कार्यालयहरूले ८६ दशमलव ६४ प्रतिशत पुँजीगत बजेट खर्च गरेका छन्। यो खर्च प्रतिशत त्यसअघिको दुई आवको तुलनामा बढी हो। कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक भण्डारीले जिल्लामा विगतको तुलनामा पुँजीगत खर्च प्रतिशत बढेको बताए।

संघीय कार्यालयतर्फ आर्थिक वर्ष २०७८/७९ मा ७५ दशमलव ३७ प्रतिशत, आव २०७९/८० मा ७७ दशमलव १९ र आव २०८०/८१ मा ८६ दशमलव ६४ प्रतिशत विकास खर्च भएको हो।

आर्थिक वर्ष २०८०/८१ मा बाँकेलाई संघीय सरकारले चालु र पुँजीगत गरी कुल १८ अर्ब २४ करोड ७० लाख ९२ हजार चार सय २६ रूपैयाँ विनियोजन गरेको थियो। त्यसमध्ये पुँजीगततर्फ छ अर्ब १३ करोड २९ लाख १५ हजार सात सय १६ रूपैयाँ विनियोजन भएकामा पाँच अर्ब ३१ करोड ३४ लाख ६४ हजार नौ सय ६९ रूपैयाँ खर्च भएको हो।

त्यस्तै चालुतर्फ १२ अर्ब ११ करोड ४१ लाख ७६ हजार सात सय १० विनियोजन भएकामा ११ अर्ब ३५ करोड ९८ लाख ३८ हजार छ सय २१ रूपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले जानकारी दिए।

अघिल्लो आव २०७९/८० मा चालुतर्फ १२ अर्ब २० करोड २४ लाख २७ हजार सात सय ३० रूपैयाँ विनियोजन भएकामा ११ अर्ब ५० करोड ४५ लाख ४६ हजार दुई सय १९ रूपैयाँ खर्च भयो भने पुँजीगततर्फ आठ अर्ब ४५ करोड ८६ लाख एक हजार छ सय ४२ विनियोजन भएकामा छ अर्ब २१ करोड आठ लाख ७६ हजार सात सय २८ रूपैयाँ खर्च भएको थियो।

बाँकेमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व संकलन वृद्धि भएको छ। संघीय सरकार र प्रदेश सरकार मातहत रहेका जिल्लास्थित कार्यालयबाट आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आवको तुलनामा राजस्व संकलन वृद्धि भएको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले जानकारी दिए।

उनका अनुसार, संघतर्फ गत आर्थिक वर्ष २०८०/८१ मा बाँकेमा २५ अर्ब दुई करोड १० लाख १८ हजार पाँच सय २० रूपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २४ अर्ब ५९ करोड २६ लाख ६९ हजार एक सय ३० रूपैयाँ राजस्व संकलन भएको थियो।

प्रदेशतर्फ गत आर्थिक वर्ष २०८०/८१ मा ९२ करोड तीन लाख ४६ हजार आठ सय ४४ रूपैयाँ राजस्व संकलन भएको छ। त्यसअघिको आव २०७९/८० मा ८३ करोड छ लाख ९२ हजार दुई सय २४ रूपैयाँ राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : आइतबार, साउन ६ २०८११४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend